आयोगद्वारा ५ वर्षमा १ हजार ५ सय ५१ उजुरीको सुनाई « Khabarhub

आयोगद्वारा ५ वर्षमा १ हजार ५ सय ५१ उजुरीको सुनाई


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– पाँच वर्षको अवधिमा राष्ट्रिय मानव अधिकार आयोगले १ हजार ५ सय ५१ वटा उजुरीको सुनुवाइ भएको जनाएको छ ।

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यक्रममा आयोगले विगत ५ वर्षको अवधिमा विभिन्न क्षेत्रमा १ हजार ५ सय ५१ वटा मुद्दाको सुनुवाई गरिएको जनाएको हो ।

छाउपडी, घरेलु हिंसा, मानव वेचविखन, बलात्कार जस्ता महिलामाथि हुने हिंसाका विषयमा स्थलगत अध्ययन, सर्वेक्षण र अनुसन्धान गरि कारवाहीका लागि सरकारलाई सिफारिश गरिएको आयोगले जनाएको छ ।

मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धान, कारागारको अवस्था, बन्दीगृहको अवस्था, वातावरण, आप्रवासी कामदार, मानव वेचविखन, पीडितका आवाज र निर्वाचन जस्ता विषयमा पनि स्थलगत अध्ययन, अनुगमनका आधारमा विभिन्न प्रतिवेदन प्रकाशित गरी सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

मानव अधिकारका विषयमा जिल्ला, प्रदेश र केन्द्रका आवश्यकता निर्धारण गर्ने क्रममा राष्ट्रिय रुपमा महिला अधिकार, बाल अधिकार, स्वास्थ्य अधिकार, शिक्षा अधिकार र आर्थिक अधिकार क्रमशः पाँच प्राथमिक विषयमा काम गरेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् ।

सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार भने मूल लक्ष्यका साथ आयोग काम गरिरहेको अक्ष्यक्ष शर्माले बताए ।

उनले भने, ‘मानव अधिकारको क्षेत्रमा संलग्न सबैले मानव अधिकार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि काम गर्नुपर्छ । मानवअधिकार संरक्षण गर्ने चुनौती भएपनि आयोग सहकार्य भएर काम गरिरहेको छ । आयोगले भावी कार्यदिशाको रेखाङ्कन गरेर मानवअधिकारका लागि काम गर्छ ।’

दिवसका अवसरमा दण्डहीनता र आप्रवासी कामदारसम्बन्धी विषयमा समेत छलफल भएको थियो । कतार र मलेशियाका समकक्षी निकायसँग आयोगले गरेका समझदारी पत्रहरुले त्यहाँ रहेका नेपालीहरु लाभान्वित हुने छन् ।

निकट भविष्यमै नेपाली श्रमिकहरुको बाहुल्यता रहेका अन्य देशका मानव अधिकार आयोगसँग समेत समझदारी गर्न आयोग प्रयत्नशील रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : ०१ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी