आयोगद्वारा ५ वर्षमा १ हजार ५ सय ५१ उजुरीको सुनाई « Khabarhub

आयोगद्वारा ५ वर्षमा १ हजार ५ सय ५१ उजुरीको सुनाई


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– पाँच वर्षको अवधिमा राष्ट्रिय मानव अधिकार आयोगले १ हजार ५ सय ५१ वटा उजुरीको सुनुवाइ भएको जनाएको छ ।

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यक्रममा आयोगले विगत ५ वर्षको अवधिमा विभिन्न क्षेत्रमा १ हजार ५ सय ५१ वटा मुद्दाको सुनुवाई गरिएको जनाएको हो ।

छाउपडी, घरेलु हिंसा, मानव वेचविखन, बलात्कार जस्ता महिलामाथि हुने हिंसाका विषयमा स्थलगत अध्ययन, सर्वेक्षण र अनुसन्धान गरि कारवाहीका लागि सरकारलाई सिफारिश गरिएको आयोगले जनाएको छ ।

मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धान, कारागारको अवस्था, बन्दीगृहको अवस्था, वातावरण, आप्रवासी कामदार, मानव वेचविखन, पीडितका आवाज र निर्वाचन जस्ता विषयमा पनि स्थलगत अध्ययन, अनुगमनका आधारमा विभिन्न प्रतिवेदन प्रकाशित गरी सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

मानव अधिकारका विषयमा जिल्ला, प्रदेश र केन्द्रका आवश्यकता निर्धारण गर्ने क्रममा राष्ट्रिय रुपमा महिला अधिकार, बाल अधिकार, स्वास्थ्य अधिकार, शिक्षा अधिकार र आर्थिक अधिकार क्रमशः पाँच प्राथमिक विषयमा काम गरेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् ।

सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार भने मूल लक्ष्यका साथ आयोग काम गरिरहेको अक्ष्यक्ष शर्माले बताए ।

उनले भने, ‘मानव अधिकारको क्षेत्रमा संलग्न सबैले मानव अधिकार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि काम गर्नुपर्छ । मानवअधिकार संरक्षण गर्ने चुनौती भएपनि आयोग सहकार्य भएर काम गरिरहेको छ । आयोगले भावी कार्यदिशाको रेखाङ्कन गरेर मानवअधिकारका लागि काम गर्छ ।’

दिवसका अवसरमा दण्डहीनता र आप्रवासी कामदारसम्बन्धी विषयमा समेत छलफल भएको थियो । कतार र मलेशियाका समकक्षी निकायसँग आयोगले गरेका समझदारी पत्रहरुले त्यहाँ रहेका नेपालीहरु लाभान्वित हुने छन् ।

निकट भविष्यमै नेपाली श्रमिकहरुको बाहुल्यता रहेका अन्य देशका मानव अधिकार आयोगसँग समेत समझदारी गर्न आयोग प्रयत्नशील रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै