सागको समापनमा प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई भिडियोमार्फत बधाई [भिडियो] | Khabarhub Khabarhub

सागको समापनमा प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई भिडियोमार्फत बधाई [भिडियो]


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग ) सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।

समापन समारोहमा भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले साग सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलमा सहभागी देश, खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका हुन् ।

उनले यो खेलमा खेलाडीको सहभागीता, संलग्नता उल्लेख्य रहेकोमा खुशी व्यक्त गरे । उनले सागले दक्षिण एसियाली देश र जनताका बीचमा एकाता तथा मित्रता अभिविद्धृ गर्ने काममा अझ प्रगाढ बनाएको बताए ।

उनले भने, ‘सागमा संलग्न सवै पक्षलाई बधाइ तथा धन्यवाद दिन चाहान्छु । काठमाडौं, पोखरा र जनकपुरमा एकैसाथ सफलतापूर्वक सञ्चालन हुनु नेपालीका लागि ज्यादै खुशीको कुरा हो । यस सफलताका लागि योगदान दिने नेपाल लगायत सवै सहभागी देशका सरकार, खेलाडी, प्रशिक्षक सवैलाई धन्यावाद भन्न चहान्छु ।’

उनले साग खेलकुदले नेपाल भ्रमण वर्षलाई सफल बनाउन योगदान पु¥याउने विश्वास लिएको बताए । खेलमा अनुशासित र मर्यादित बनेर नेपाली खेलाडी प्रस्तुत भएकोमा हार्दिक धन्यवाद दिए । उनले नेपालले पाएको सफलता प्रति खुशी व्यक्त गर्दै सफलताका लागि सवैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

पूर्ण पाठ

दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ । यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ । पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ ।

यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु । र, धन्यवाद भन्न चाहन्छु ।

काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेल क्षेत्र, खेलाडीहरू, प्रशिक्षकहरू, सबैलाई म धन्यवाद भन्न चाहन्छु । अत्यन्तै भब्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पु¥याउने छ भन्ने मैले विश्वास लिएको छु । यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु ।

आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरूलाई बधाई भन्न चाहन्छु ।

भिडियोमा हेर्नुहोस्:

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : २८ बजे

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा