सागको समापनमा प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई भिडियोमार्फत बधाई [भिडियो] « Khabarhub

सागको समापनमा प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई भिडियोमार्फत बधाई [भिडियो]


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग ) सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।

समापन समारोहमा भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले साग सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलमा सहभागी देश, खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका हुन् ।

उनले यो खेलमा खेलाडीको सहभागीता, संलग्नता उल्लेख्य रहेकोमा खुशी व्यक्त गरे । उनले सागले दक्षिण एसियाली देश र जनताका बीचमा एकाता तथा मित्रता अभिविद्धृ गर्ने काममा अझ प्रगाढ बनाएको बताए ।

उनले भने, ‘सागमा संलग्न सवै पक्षलाई बधाइ तथा धन्यवाद दिन चाहान्छु । काठमाडौं, पोखरा र जनकपुरमा एकैसाथ सफलतापूर्वक सञ्चालन हुनु नेपालीका लागि ज्यादै खुशीको कुरा हो । यस सफलताका लागि योगदान दिने नेपाल लगायत सवै सहभागी देशका सरकार, खेलाडी, प्रशिक्षक सवैलाई धन्यावाद भन्न चहान्छु ।’

उनले साग खेलकुदले नेपाल भ्रमण वर्षलाई सफल बनाउन योगदान पु¥याउने विश्वास लिएको बताए । खेलमा अनुशासित र मर्यादित बनेर नेपाली खेलाडी प्रस्तुत भएकोमा हार्दिक धन्यवाद दिए । उनले नेपालले पाएको सफलता प्रति खुशी व्यक्त गर्दै सफलताका लागि सवैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

पूर्ण पाठ

दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ । यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ । पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ ।

यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु । र, धन्यवाद भन्न चाहन्छु ।

काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेल क्षेत्र, खेलाडीहरू, प्रशिक्षकहरू, सबैलाई म धन्यवाद भन्न चाहन्छु । अत्यन्तै भब्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पु¥याउने छ भन्ने मैले विश्वास लिएको छु । यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु ।

आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरूलाई बधाई भन्न चाहन्छु ।

भिडियोमा हेर्नुहोस्:

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : २८ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि