विदेशी अपराधीबाट नेपालले अर्बौं रुपैयाँ बराबरको जरिवाना असुल्न बाँकी « Khabarhub

विदेशी अपराधीबाट नेपालले अर्बौं रुपैयाँ बराबरको जरिवाना असुल्न बाँकी


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको राजधानी दैनिकले नेपालमा अपराध गरेर फरार रहेका विदेशबाट नेपालले कैद सँगै अर्बो रुपैयाँ बराबरको जरिवाना र विगो असुल गर्न बाँकी छ ।

‘विदेशी अपराधीलाई पक्राउ गर्ने सक’ शीर्षकको समाचारमा राजधानी देनिक लेख्छ– काठमाडौं जिल्ला अदालतमा ५५ वर्षअघिदेखि विभिन्न अपराधमा संलग्न भएका सयौं अपराधीको कैद र दण्ड जरिमाना असुल हुन नसकेको देखिएको छ । २०१९ साल यता ३६० जना विदेशी अपराधी फरार रहेका छन् । अपराध गरी फरार हुनेमा नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्धता रहेर घोटाला गर्नेसम्मका छन् ।

वन्यजन्तुका अन्तर्राष्ट्रिय गिरोहमा संलग्न इयान बेकर विगत पाँच वर्षदेखि फरार सूचीमा छन् । राजधानीमै वन्यजन्तुको ओखेटोपहारको भण्डारण गरी तस्करी गर्दै आएका उनीविरुद्ध प्रहरीले पक्राउ गर्नका लागि फरार अपराधीको सूचीमा राख्दै इनटरपोल जारी ग¥यो । तर, उनी पक्राउ पर्न सकेनन् । ‘गोल्डक्वेस्ट’ खेलाउने हङकङ नागरिक डोन्ना मारिइ ग्लेन इम्सन र भारतीय नागरिक तनवीर निजामबाट ५३ करोड ६० लाख रुपैयाँ असुल गर्न सर्वोच्चबाट २६ माघ २०६५ मा ती अभियुक्तलाई सजाय हुने गरी अन्तिम फैसला भएको थियो । तर, फैसलाअगावै उनीहरू नेपालबाट बाहिरिए । सम्पत्ति शुद्धीकरण अभियोगमा चिनियाँ नागरिक उली साङबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ उठाउनुपर्नेछ तर उनी मुद्दा लाग्नुअगावै फरार भएका छन् ।

कर्तव्यज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाको अदालतमा चाङ छन् ।

बेलायतस्थित एस्योर्ड रिक्स कम्पनीका ठेकेदार माइकल राइडरबाट ४२ करोड ६० लाख २४ हजार असुल गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा १ फागुन २०६८ मा विशेष अदालतबाट प्रमुख ठेकेदार रहेका राइडरलाई दुई वर्ष कैद, २८ करोड ४० लाख जरिमाना र राइडरको एस्योर्ड रिस्क कम्पनीबाट १४ करोड २० लाख ८ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने फैसला गरेको थियो ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भएका भारतीय नागरिक राजेशकुमार र सुनीत माथुरबाट ९ करोड ३२ लाख रुपैयाँ बिगो र दुई वर्ष कैद असुल्न बाँकी छ । ओमविक्रम राणा र नेपालस्थित ठेकेदार प्रतिनिधि शम्भु भारतीसँग मिलेर राइडरले सामान डेलिभरी एवं रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको ठहर विशेष अदालतको छ । राइडरले विशेष अदालतबाट हाजिर हुन जारी गरेको म्याद पनि गुजारेको र सर्वोच्चमा पनि पुनरावेदन नगरेका कारण कानुनतः उनका लागि यही फैसला नै अन्तिम भएको छ ।

सर्वोच्चबाट १६ मंसिर २०६७ मा राजेशकुमार र माथुरलाई जेल सजायसहित बिगो असुल्ने फैसला भएको थियो । भ्रष्टाचारकै अभियोगमा भारतीय नागरिक एपाची गाउन्डर चन्दन र यूएईका नागरिक पुलिकन रवीन्द्रनबाट १३ कात्तिक २०६२ मा भएको अन्तिम फैसलाअनुरूप १ करोड ४६ लाख रुपैयाँ असुल्न बाँकी छ । यता १५ चैत २०७३ मा भएको फैसलाअनुसार ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार ठहर भएका चिनियाँ नागरिक चुआन डोङफेङबाट ५ करोड ८७ लाख ७९ हजार रुपैयाँ असुल्न बाँकी छ । सोही मितिको फैसलाअनुरूप ट्रान्सफर्मर खरिदसम्बन्धी भ्रष्टाचारमा अर्का चिनियाँ ठेकेदारबाट पनि ११ करोड ५१ लाख ४४ हजार रुपैयाँ असुल्न बाँकी छ । यता अमेरिकी डलरको अवैध कारोबार ठहर भई ८६ लाख ८४ हजार जरिमाना तोकिएका नयाँ दिल्लीका मोहन धारीवाल पनि उतै छन् ।

पारस्परिक कानुनीसम्बन्धी ऐन भए पनि दुई देशबीच सुपुर्दगी सम्झौता नहुदाँ ठूलो अपराधमा मुछिएकालाई पक्राउ गरेर नेपाल ल्याउन समस्या भएको विषय समाचारमा उल्लेख छ ।

 

 

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ३२ बजे

निर्वाचनका लागि नेकपाद्वारा संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड

अमेरिकी अनुसन्धानमा अडानीको सहयोग

एजेन्सी– भारतको अडानी इन्टरप्राइजेजले इरानी तेलजन्य उत्पादन आयात गरेको आरोपसम्बन्धी

‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र

प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा

रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं–  रामेछाप बस दुर्घटनापछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले