टोक्यो– जापानी नागरिक काने तनाकाका संसारकी सबैभन्दा जेष्ठ नागरिक बनेकी छिन् । १सय १६ वर्षकी टानाका संसारको सबैभन्दा जेष्ठ नागरिक भएको गिनिज वर्ल्ड रेकर्डले बताएको छ ।
अहिलेपनि हिसाब गर्ने र बोर्ड गेम खेल्ने तनाका सन् १९०३ जनवरी २ मा जन्मेकी हुन् । उनले सन् १९२२ मा विवाह गरेकी थिइन् भने उनीबाट ४ सन्तान जन्मेका थिए । उनले एक जनालाई धर्म सन्तानको रुपमा समेत पालेकी थिइन् ।
उनी अहिले पनि विहान ६ बजे उठ्ने गर्दछिन् । त्यस्तै उनी गणित पढेर र क्यालीग्राफ्री (अक्षर राम्रो लेख्ने तरिका) अभ्यास गरेर दिन बिताउने गर्दछिन् ।
उनलाई मनपर्ने खेलकुद ओथेलो हो । उनी क्यासिक बोर्ड गेममा निपूर्ण छिन् र घरका सबै सदस्यले उनलाई अहिलेसम्म हराउन नसकेको गिनिज बुकले लेखेको छ ।
जापान सबैभन्दा बढी औसत आयु भएको देश हो । जहाँ चियाे मियाकोजस्ता सबैभन्दा धेरै बाच्ने मानिसहरु रेकर्डमा समावेश भएका छन् । मियाकोको सन् सन् २०१७ जुलाईमा ११७ वर्षको उमेरमा मृत्यु भएको थियो ।
गिनिज बुकमा अहिलेसम्म सबैभन्दा धेरै बाच्ने पुरुष फ्रान्सका जेन लुइस क्यालिम हुन् । उनको १२२ वर्षको उमेरमा सन् १९९७ मा मृत्यु भएको थियो ।
प्रतिक्रिया