गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनको दाबी « Khabarhub

गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनको दाबी


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुडको घरमा भएको विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाको युवा संगठनले लिएको छ ।

युवा संगठनले टप जव्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर समेत रहेका ‍म्यानपावर व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई कारबाही गरेको दाबी गरेको छ ।

शनिवार राति एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ,‘आफूहरुले बारबार चेतावनी दिँदा पनि नमानेको हुँदा युवा संगठनले बाध्य भएर कारवाही गरेका छौं ।’

वैदेशिक रोजगारी दिन्छु भनेर ठगी गर्ने र वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरेकोले कारवाही गरेको र आगामी दिनमा त्यसो नगर्न संगठनले वैदेशिक रोजगार व्यवसायीलाई चेतानी दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ३२ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १