विस्फोटको विरोधमा सुरक्षा माग्दै म्यानपावरको काम ठप्प « Khabarhub

विस्फोटको विरोधमा सुरक्षा माग्दै म्यानपावरको काम ठप्प


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराइएको विरोधमा आज देशभरका म्यानपावरले काम ठप्प पारेका छन् ।

शुक्रवार राति बसुन्धारास्थित गुरुङको निवासमा विस्फोट गराइएको थियो । विस्फोटमा गुरुङको सवारीमा क्षति पुगेको थियो भने भने घरमासमेत क्षति भएको छ ।

अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको विरोध गर्दै म्यानपावर व्यवसायीहरुले आज (आइतबार) आफ्ना काम रोकेका छन् ।

विस्फोटको विरोधमा र व्यवसायको सुरक्षाको माग गर्दै आज विरोध स्वरुप कामकारवाही नगर्ने वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव नरेश गेलालले बताए ।

करिब १४ सय म्यानपावर दर्ता भएपनि देशभर ७ सय ५४ म्यानपावर सञ्चालनमा रहेका छन् ।

युवा संगठनले लियो जिम्मा

गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनले दाबी गरेको छ ।

युवा संगठनले टप जव्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर समेत रहेका मेनपावर व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई कारबाही गरेको दाबी गरेको छ ।

शनिवार राति एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ,‘आफूहरुले बारबार चेतावनी दिँदा पनि नमानेको हुँदा युवा संगठनले बाध्य भएर कारवाही गरेका छौं ।’

वैदेशिक रोजगारी दिन्छु भनेर ठगी गर्ने र वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरेकोले कारवाही गरेको र आगामी दिनमा त्यसो नगर्न संगठनले वैदेशिक रोजगार व्यवसायीलाई चेतानी दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ४७ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा