चैत मसान्तभित्र सूचीकृत हुन वेरोजगार युवालाई आह्वान « Khabarhub

चैत मसान्तभित्र सूचीकृत हुन वेरोजगार युवालाई आह्वान


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी चैत मसान्तभित्र बेरोगार युवालाई सम्बन्धित क्षेत्रमा सूचीकृत हुन आह्वान गरेको छ । यसरी सूचीकृत भएका वेरोजगार युवालाई मन्त्रालयले साउनदेखि रोजगारी दिने भएको छ । न्यूनतन सय दिन रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रमले तयारी थालेको छ ।

आफू बसोबास गरेको स्थानीय तहको वडा कार्यलयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन रोजगार कार्यक्रममार्फत सहभागि हुन मन्त्रालयले अपिल गरेको छ ।

रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन मन्त्रालयले बेरोजगार युवा युवतीलाई भनेको छ ।

स्थानीय तहको रोजगार केन्द्रसँग समन्वय गरी सार्वजनिक विकास निर्माणका काममा योगदान गर्नका लागि रोजगारी दिने कार्यक्रमले स्पष्ट पारेको श्रम रोजगार तथा रोजगार मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए । बेरोजगार युवायुवतीलाई सरकारले विकास निर्माणमा परिचालन गर्न उनको भनाइ ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले बेरोजगार युवायुवतीलाई न्यूनतम सय दिन रोजगारी दिने ग्यारेन्टी गरेको छ । यसका लागि सरकारले रोजगारीको हकसम्बन्धी ऐन, नियमावली र निर्दे्शिका तयार पारिसकेको छ । सरकारले हालै सार्वजनिक गरेको सामाजिक सुरक्षासम्बन्धी नयाँ व्यवस्थामा पनि सय दिन रोजगारीको ग्यारेन्टी दिने बताएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ५५ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६