टिभी ‘शो’ का लागि अक्षय कुमार आगोमा ‘स्टन्ट’ गर्ने « Khabarhub

टिभी ‘शो’ का लागि अक्षय कुमार आगोमा ‘स्टन्ट’ गर्ने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार एकपटक फेरि आगोसँग खेल्ने तयारीमा जुटेका छन् । मुम्बईमा एक कार्यक्रमका लागि उनले आगोसँगको स्टन्ट गर्न लागेका हुन् ।

कैयन् फिल्म र ‘शो’ मा पनि खतरनाक स्टन्ट गरिसकेका अक्षय कुमारले टेलिभिजन शो ‘खतरोके खेलाडी ९’ को ग्राण्ड फिनालेमा स्टन्ट गर्नेछन् ।

शोका होस्ट तथा फिल्म निर्माता रोहित सेट्टीले गराउने स्टन्टमा जलिरहेको कारको पछि अक्षयले तीब्र गतिमा ट्रक चलाउनेछन् ।

स्टन्टको एक दृश्य शेयर गर्दै अक्षयले ट्वीटरमा लेखेका छन्, ‘केशरीका लागि यो फ्लेमिङ वीक, खतराको खलाडीका लागि रोहितका साथ वार्मअप गर्दै ।’

मार्च २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘केशरी’ को प्रचारका लागि अक्षय कुमारले यतिबेला प्रचारमा अनेक उपाय अपनाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ११ : ४२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई