राउतसँग सहमति गरेपछि मान्छेहरु रिसाएका छन्, छटपटाएका छन्– प्रधानमन्त्री (भिडियो सहित) « Khabarhub

राउतसँग सहमति गरेपछि मान्छेहरु रिसाएका छन्, छटपटाएका छन्– प्रधानमन्त्री (भिडियो सहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राज्यको माग गरेर हिँडेको समूह देशको भौगोलिक अखण्डतालाई स्वीकार गर्दै मूल धारको राजनीतिमा आउनु ठूलो उपलव्धि भएको बताएका छन् ।

आइतबार किसान आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अब देशमा राजनीतिक आन्दोलनका चरणहरु सकिएको बताए ।

सीके राउतले विखण्डनको कुरा छोडेर सरकारसँग गरेको सहमति केहीलाई चित्त नबुझेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘अब कुनै पृथकतावाद छैन, समूह संगठन छैन नेपालमा, यद्दपी केही मान्छे कुनाकाप्चामा त्यसबाट छटपटाएका छन् परोलिएका छन् । विरालो रिसायो भने खाबो चिथोर्छ भने जस्तै’ प्रधानमन्त्री ओलीले भने,‘पृथकतावाद छोडेर मूलधारमा आउनु र त्यसरी ल्याउनु सकारात्मक र सफता होइन भने के हो त सफलता ?’

सम्झौता गर्ने राउतले देशको अखण्डता स्वीकार गरिसकेको बताउँदै ओलीले भने,‘भन्नेले भनिरहेको छ फेरि पनि शंका !’

शंका, षड्यन्त्र, धोका जस्ता कुराहरुमाथिग आफ्नो विश्वास नभएको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १२ : ११ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा