गृहमन्त्रीले संसदमा भने– सीके राउतसँग जनमतसंग्रह गर्नेबारे सहमति भएको छैन (भिडियो सहित) « Khabarhub

गृहमन्त्रीले संसदमा भने– सीके राउतसँग जनमतसंग्रह गर्नेबारे सहमति भएको छैन (भिडियो सहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेश गठबन्धसँग सरकारले गरेको सहमति देशको लागि ठूलो उपलव्धि भएको बताएका छन्।

आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकार र सीके राउत समूहबीच भएको सहमतिका बारेमा प्रश्न उठाएपछि सरकारको तर्फबाट गृहमन्त्री थापाले संसदमा जानकारी गराएका थिए ।

भौगोलिक अखण्डताको रक्षाका लागि राउत पक्षसँग भएको सहमति उपलव्धि पूर्ण भएको र संविधानको पक्षमा रहेको बताए । यो सम्झौताले देशको शान्ति सुरक्षालाई सुदृढ बनाउने गृहमन्त्री थापाको भनाइ थियो ।

सहमतिका बारेमा दुई खालका प्रश्नहरु उठिरहेको गृहमन्त्री थापाले बताए ।

सरकारले गठवन्धनसँग सम्झैता गरेर विखण्डनकारीका अगाडि आत्मसमर्पण गरेको र स्वतन्त्र मधेशको माग छोडेर गठबन्धनले राज्यसँग आत्मसमर्पण गरेको भन्ने कुरा उठिरहेको गृहमन्त्री थापाले बताए ।

उनले राष्ट्र विखण्डनको माग उठिरहेको शक्ति वा समूहसँग राजनीतिक सहमति गर्दा सबैले खुसी मनाउनु पर्ने र उत्साहित हुनुपर्ने गृहमन्त्री थापाले बताए । ‘खुसी मनाउनुपर्ने उत्साहीत हुनुपर्ने बेलामा कुरा उठ्नु आश्चर्यको कुरा हो’ थापाले संसदमा भने ।

सरकार र गठवन्धसँगको सहमति  कुनै पक्षको आत्मसमर्पण नभइ स्वाधिनताको रक्षाका लागि भएको गृहमन्त्री थापाले बताए ।

गृहमन्त्री थापाले कतिपयले सहमतिको दोस्रो बुँदामा आपत्ति जनाएको र जनमतसँग्रहको रुपमा अर्थ लगाइएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे ।

‘जनअभिमत भन्ने शव्दलाई जनमतसंग्रहको रुपमा व्याख्या गर्न खोजिएको छ । यो वा त्यो प्रदेशलाई नेपालबाट अलग गर्ने खालको सहमति भयो भन्ने आएको छ’ गृहमन्त्री थापाले संसदमा भने,‘यो भ्रामक कुरा हो, संविधानले जनमत संग्रहद्वारा कुनै राज्य नेपालबाट अलग हुने कुरा गरेको छैन ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १ : ५३ बजे

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ– तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र

वर्खे झरीसंगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च 

मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको