१ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाग्रस्त « Khabarhub

१ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाग्रस्त


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– १ सय ४९ जना यात्रु तथा ८ चालक दलका सदस्य गरी १ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको फ्लाइट इटी ३०२ विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा नैरोबीका लागि उडेको विमान उडेको केही समयमा नै ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा यात्रीहरुको हताहती भएको जनाइएपनि त्यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । इथियोपियाका प्रधानमन्त्री आबिये अहमद अलीले दुर्घटनामा मारिने तथा घाइते हुनेका परिवारप्रति समवेदना सन्देश जारी गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  २ : ५४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको