मेक्सिकोको नाइट क्लबमा गोली चल्दा १५ जनाको मृत्यु « Khabarhub

मेक्सिकोको नाइट क्लबमा गोली चल्दा १५ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोमा एक नाइट क्लबमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मेक्सिकोका गुआनाहुवातो राज्यको सालामाङ्का शहरमा भएको हिंसामा अरु ७ जना घाइते भएका छन् ।

तीन वटा भ्यानमा आएका बन्दुकधारीले सालामाङ्का शहरको ला प्लेला मेन्स क्लबमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार शनिबार सबेरै भएको घटनामा कुन समूहको हात छ भन्ने स्पष्ट नभएपनि त्यस क्षेत्रमा तेल चोर्ने आपराधिक ग्याङ्गले हिंसा मच्चाउँदै आएको बताइएको छ ।

पछिल्लो साता मेक्सिकोका राष्ट्रपति आन्दे्रस म्यानुअल लोपेज ओब्रादोरले आपराधिक ग्याङ्गका नाइके एल मोरो भनेर चिनिने होजे एन्टोनियो येपेजलाई पक्राउ गर्न ठूलोस्तरको कारवाहीको घोषणा गरेका थिए ।

राज्यको प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ जनाका घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्वतालमा मृत्यु भएको जनाइएको छ ।

पछिल्लो हिंसा भएको गुआनाहुवातो राज्यमा केही समययता लागूऔषध तस्कर ग्याङ्ग तथा स्थानीय आपराधि समूहबाट हुने हिंसा तथा अपराधमा तीब्र बृद्धि भएको बताइन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ३ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया