‘कागजपत्र’ ले थाल्यो ‘सपिङ मल’ केन्द्रित प्रचार « Khabarhub

‘कागजपत्र’ ले थाल्यो ‘सपिङ मल’ केन्द्रित प्रचार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अपिल विष्टले निर्देशन गरेको फिल्म ‘कागजपत्र’ को प्रचार थालिएको छ । चैत्र ८ गतेबाट रिलिज हुन लागेको यो फिल्मले राजधानीभित्रका ठूला सपिङ मलमा विभिन्न कार्यक्रम गरेर फिल्मको प्रचार थाल्ने जानकारी गराएको छ ।

निर्देशक विष्टका अनुसार दर्शकलाई फिल्मबारे जानकारी दिन प्रचार गरिने भएको हो ।

काठमाडौंको सिटी सेन्टरमा महाशिवरात्रिको मौका पारेर निर्माण टिमले प्रचारस्वरुप कार्यक्रम गरेको थियो । अब हरेक शनिवार राजधानीमा कार्यक्रम गरिने निर्माण टिमले जनाएको छ ।

फिल्मको कुरा गर्नुपर्दा नक्कली बिहे गरेर अस्ट्रेलिया जाने नेपालीको कथालाई फिल्ममा कथानक बनाइएको छ । यस्तै फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको लेखन निर्देशक विष्टले गरेका हुन् ।

फिल्मको ट्रेलरले औसत प्रतिक्रिया पाए पनि यसको गीत ‘माया संसार’ ले भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : २२ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म