इथियोपियामा विमान दुर्घटना : १ सय ५७ जनाको मृत्यु « Khabarhub

इथियोपियामा विमान दुर्घटना : १ सय ५७ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियन एअरलाइन्सको दुर्घटनाग्रस्त विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको भएको छ । इथियोपियाको राज्य सञ्चालित समाचार संस्था इबीसीले जनाए अनुसार दुर्घटनाग्रस्त बोइङ ७३७ विमानमा सवार १ सय ४९ यात्रु तथा ८ चालक दलका सदस्य सवैको  मृत्यु भएको छ ।

यसअघि इथियोपियाको राजधानी आदिस अबाबामा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याको राजधानी नैरोबीको जुमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको फ्लाइट इटी ३०२ को विमान उडान भरेको केही मिनेटभित्रै सम्पर्कविहीन भएको थियो ।

विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको हाे । स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा नैरोबीका लागि उडेको विमान उडेको केही समयमा नै ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।
यता इथियोपियाका प्रधानमन्त्री आबिये अहमदले विमान दुर्घटनामा मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै केन्याका राष्ट्रपति उहुरु केन्याटाले  घटनाप्रति दु:ख प्रकट गर्दै  मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

दुर्घटना भएको विमान कम्पनी इथियोपियन एयरलाइन्सले  दु:ख प्रकट गर्दै आफ्नाे सामाजिक सञ्जाल समेत कालो बनाएको छ ।

इथियाेपियन एयरलाइन्स अफ्रिकी महादेशको सवैभन्दा ठूलो  विमान सेवा प्रदायक कम्पनी हाे । गत वर्ष मात्रै उसले १ करोड ६० लाख भन्दा बढी यात्रुलाई हवाइ सेवा प्रदान गरेको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ०४ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध