प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर दर्शकले रुचाएका हुन् ? « Khabarhub

प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर दर्शकले रुचाएका हुन् ?


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लभ स्टेशन’ को ट्रेलर महाशिवरात्रिको अवसर पारेर गत म‌ंगलबार सार्वजनिक गरिएको थियो । ट्रेलरलाई लिएर सामाजिक सञ्जालमा फ्यानले विभिन्न खाले प्रतिक्रिया दिएका छन् ।

तुलनात्मक रुपमा धेरैले ट्रेलर हेरेर राम्रो प्रतिक्रिया दिएका छन् । केही फ्यानले प्रदीप र जसिताको अनस्किृन जोडी मिलेको बताएका छन् ।

नारायण केसीले युट्युबमा कमेन्ट गर्दै लेखेका छन्, ‘पिके दाइले जब ट्रेलर फाले, विरोधीहरु सब साइड लागे ।’

कतिपयले भने फिल्म ‘लिलिबिली’ मा दुवैको अभिनय मन परेको र दर्शक ‘लभ स्टेशन’ को प्रतीक्षामा रहेको लेखेका छन् ।

‘२० पटकभन्दा धेरैपटक हेरेँ ।’, नेत्र क्षेत्रीले युट्युबको कमेन्टमा लेखेका छन् । यस्तै चन्द्रकला गुरुङले लेखेकी छिन्, ‘फिल्मको ट्रेलरमा खोट लगाउने ठाउँ भेटिन मैले, मन प–यो ।’

दर्शकले प्रदीप खड्काको बढी तारिफ गरेका छन् । यो फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् भने काफिया फिल्मसको ब्यानरमा फिल्म निर्माण गरिएको हो ।

प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्ममा कुमार श्रेष्ठको द्वन्द्व, आलोक शुक्लाको डीओपी, शिशिर खातीको कोरियोग्राफी र सुवास सिंह बस्न्यातको कथा छ ।

प्रदीप र जसिताको रोमान्टिक लभ स्टोरी देखाइएको यो फिल्म चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ५ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया