प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाइन्छ: मुख्यमन्त्री राई « Khabarhub

प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाइन्छ: मुख्यमन्त्री राई


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिक्कल – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताएका छन् ।

इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गरे ।

इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उनले भने, “आगामी दिनमा १ नम्वर प्रदेशलाई खेलकुदको राजधानी बनाउन सबै पक्षको सहयोग उत्तिकै आवश्यक छ ।” प्रदेश सरकारको आयोजनामा अन्तरराष्ट्रियस्तर मुख्यमन्त्री कप समेत आयोजना गरिने बताउँदै उनले स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई प्राथमिकता दिइने समेत बताए ।

आयोजक माईध्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताए । यो प्रतियोगिता गोल्डकपको पाँचौ संस्करण हो । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ५ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको