किलोको ३ रुपैयाँमा पनि बिकेन किसानको काउली « Khabarhub

किलोको ३ रुपैयाँमा पनि बिकेन किसानको काउली


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् ।

जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् ।

बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको मारमा परिने चिन्ताले उनीहरुलाई सताएको छ । अघिल्लो वर्ष तरकारीबाट रु पाँच लाख आम्दानी गरेको थिए, यसवर्ष त लगानी पनि नउठ्ने भयो कृषक पुष्पा घर्तीकोे दुखेसो थियो । घर्तीका अनुसार अघिल्ला वर्ष बजारमा यस्तो समस्या देखिएको थिएन ।

अघिल्लो वर्ष तरकारीबाट राम्रो आमदानी गरेर हौसिएकी त्रिवेणी गाउँपालिका दहवनकी कल्पना पुनले यसवर्ष भने डोकोमा तरकारी बोकेर गाउँ/गाउँ डुलाउँदा पनि बिक्री नभएको गुनासो गरिन् । ‘यसवर्ष त लगानी पनि नउठ्ने भयो,’ उनले भनिन् ।

रुण्टीगढी गाउँपालिका–७ का किसानले प्रतिकिलो तीन रुपैयाँका दरले पनि तरकारी बिक्री नभएपछि गाईभै‌सीलाई खुवाउन बाध्य भएको किसान सुगम मगरले बताए । स्वदेशमै स्वरोजार बन्न व्यावसायिक तरकारीखेती अङ्गालेका युवा अहिले निराश भएर विदेश जानुको विकल्प नभएको सुनाउन थालेका मगरले सुनाए । विचौलियाका कारण किसान मर्कामा पर्दै आएको स्थानीय लक्षीराम थापाको भनाइ थियो । भारतबाट आउने सस्तो तरकारीले पनि यहाँका किसान मर्कामा परेका थापाको बुझाइ छ ।

यता जिल्ला सदरमुकाममा भने तरकारीको मूल्य आकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याजलगायत तरकारीको बजार मूल्य प्रतिकिलो ३० देखि ७० रुपैयाँसम्म छ । बजारको राम्रो सञ्जाल नहुँदा जिल्लाभित्रै कतै हाहाकार र कतै फालाफलको अवस्था आएको छ । सदरमुकाम लिवाङ र जिल्लाको दोस्रो ठूलो बजार केन्द्र सुलिचौरका बासिन्दाले भने जिल्ला बाहिरबाट आउने तकारी उपभोग गर्ने गर्दछन् ।

यस क्षेत्रमा व्यावसायिक तरकारीखेती गर्ने किसानको आकर्षण बढ्दै गए पनि यसवर्षको बजार मूल्यका कारण धेरै किसान निराश भएका उल्लेख गर्दै स्थानीय रुद्र मगरले भने, ‘लाखौंको तरकारी खेर जाँदासमेत स्थानीय सरकारलगायत कुनै निकायले सहयोग गरेनन् ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : १० बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको