किलोको ३ रुपैयाँमा पनि बिकेन किसानको काउली « Khabarhub

किलोको ३ रुपैयाँमा पनि बिकेन किसानको काउली


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् ।

जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् ।

बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको मारमा परिने चिन्ताले उनीहरुलाई सताएको छ । अघिल्लो वर्ष तरकारीबाट रु पाँच लाख आम्दानी गरेको थिए, यसवर्ष त लगानी पनि नउठ्ने भयो कृषक पुष्पा घर्तीकोे दुखेसो थियो । घर्तीका अनुसार अघिल्ला वर्ष बजारमा यस्तो समस्या देखिएको थिएन ।

अघिल्लो वर्ष तरकारीबाट राम्रो आमदानी गरेर हौसिएकी त्रिवेणी गाउँपालिका दहवनकी कल्पना पुनले यसवर्ष भने डोकोमा तरकारी बोकेर गाउँ/गाउँ डुलाउँदा पनि बिक्री नभएको गुनासो गरिन् । ‘यसवर्ष त लगानी पनि नउठ्ने भयो,’ उनले भनिन् ।

रुण्टीगढी गाउँपालिका–७ का किसानले प्रतिकिलो तीन रुपैयाँका दरले पनि तरकारी बिक्री नभएपछि गाईभै‌सीलाई खुवाउन बाध्य भएको किसान सुगम मगरले बताए । स्वदेशमै स्वरोजार बन्न व्यावसायिक तरकारीखेती अङ्गालेका युवा अहिले निराश भएर विदेश जानुको विकल्प नभएको सुनाउन थालेका मगरले सुनाए । विचौलियाका कारण किसान मर्कामा पर्दै आएको स्थानीय लक्षीराम थापाको भनाइ थियो । भारतबाट आउने सस्तो तरकारीले पनि यहाँका किसान मर्कामा परेका थापाको बुझाइ छ ।

यता जिल्ला सदरमुकाममा भने तरकारीको मूल्य आकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याजलगायत तरकारीको बजार मूल्य प्रतिकिलो ३० देखि ७० रुपैयाँसम्म छ । बजारको राम्रो सञ्जाल नहुँदा जिल्लाभित्रै कतै हाहाकार र कतै फालाफलको अवस्था आएको छ । सदरमुकाम लिवाङ र जिल्लाको दोस्रो ठूलो बजार केन्द्र सुलिचौरका बासिन्दाले भने जिल्ला बाहिरबाट आउने तकारी उपभोग गर्ने गर्दछन् ।

यस क्षेत्रमा व्यावसायिक तरकारीखेती गर्ने किसानको आकर्षण बढ्दै गए पनि यसवर्षको बजार मूल्यका कारण धेरै किसान निराश भएका उल्लेख गर्दै स्थानीय रुद्र मगरले भने, ‘लाखौंको तरकारी खेर जाँदासमेत स्थानीय सरकारलगायत कुनै निकायले सहयोग गरेनन् ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : १० बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर