ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका-६ सार्की चौतरामा आइतबार ट्याक्टर पल्टदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-५ का ३५ वर्षीय ओममाया राना रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी गराए । गम्भीर घाइते हुनेहरुमा ऋषिङ-५ का ३२ वर्षीय बलबहादुर पाटामगर, ५० वर्षीया खिनीमाया पाटामगर, १८ वषीया कुमारी थापा छन् । उनिहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

ऋषिङबाट सपौंदीतर्फजाँदै गरेको ग१त ५३१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो । ट्याक्टर चालक भने फरार छन् ।

उक्त दुर्घटनामा ऋषिङ गाउँपालिका-५ बर्ष ५० का मोतीलाल राना मगर, बर्ष ५० का हिम बहादुर राना, बर्ष ८ की मनिसा थापा र ट्याक्टरका सहचालक नवलपरासी बुलिङटारका अन्दाजी २० का कृष्ण कुमाल हात, खुट्टा र टाउँकामा चोट लागेको र अवस्था मध्यम रहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : २७ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग