सुधीर बस्नेतको बैंक खातामा १९ लाख, तिर्नुपर्ने १६ अर्ब | Khabarhub Khabarhub

सुधीर बस्नेतको बैंक खातामा १९ लाख, तिर्नुपर्ने १६ अर्ब


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले  १६ अर्ब एक करोड ४५ लाख रुपैयाँ बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाएर गरेको अध्ययनअनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा असाध्यै न्यून मात्रै रकम बैंकमा मौज्दात रहेको पाइएको छ ।

समितिका अध्यक्ष युवराज सुवेदीकाअनुसार बस्नेत तथा उनका आफन्तको नाममा बैंक तथा वित्तीय संस्थामा मात्रै रु १९ लाख ११ हजार मौज्दात रहेको छ । सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका सदस्य, वचतकर्ता, तथा अन्य व्यवसायीले पाउनुपर्ने रकमको दाबी पेश गर्न दिइएको समय सीमाभित्र प्राप्त सूचनाका आधारमा भुक्तानी गर्नुपर्ने रकम र मौज्दात रहेको चल अचल सम्पत्ति के कति रहेको पत्ता लागेको हो ।

सहकारी संस्थाका बचतकर्ताको निक्षेप मात्रै साँवा  ४ अर्ब २१ करोड रुपैयाँ र व्याज ४ अर्ब १७ करोड गरी कूल ८ अर्ब ३८ करोड  रुपैयाँ रहेको छ । यस्तै अपार्टमेन्ट बुकिङ रकम ३ अर्ब १० करोड ४८ लाख साँवा रहेको छ भने १ अर्ब ८२ करोड रुपैयाँ गरी कूल ४ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको कर्जातर्फ साँवा १ अर्ब सात करोड ८४ लाख रुपैयाँ, व्याज रकम  ९० करोड ३१ लाख रुपैयाँ गरी कूल १ अर्ब ९८ करोड १५ लाख रुपैयाँ रहेको छ । नेपाल सरकारको कर दायित्व ५३ करोड १० लाख, अन्य व्यवसायीलाई तिर्नुपर्ने १९ करोड ७० लाख रुपैयाँ रहेको छ । कूल साँवा ९ अर्ब १२ करोड १४ लाख र व्याज रकम ६ अर्ब ८९ करोड ३१ लाख गरी  १६ अर्ब एक करोड ४५ लाख रुपैयाँ बराबर रहेको छ ।

सहकारी संस्थाका तत्कालीन अध्यक्ष बस्नेत एवम् सञ्चालकको नाममा एक सञ्चालक रहेको कोहिनुर हिल हाउजिङको नाममा दर्ता स्रेस्ता कायम रहेको ललितपुरको इमाडोलमा नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोषबाट धितो बन्धक राखिएको ४० रोपनी दुई आना तीन पैसा जग्गा रहेको छ ।

भेगास सिटी अर्पाटमेन्ट निर्माणका लागि नबिल बैंकबाट साँवा र व्याज गरी कूल रु ३१ करोड नौ लाख ९२ हजार ६६२, राष्ट्रिय वाणिज्य बैंकबाट रु ६० करोड चार लाख २४ हजार, कर्मचारी सञ्चय कोषबाट रु ५७ करोड ५७ लाख ३४ हजार ७१९ गरी कूल रु एक अर्ब ४८ करोड ७१ लाख ५१ हजार ४०२ ऋण लिएको देखिने समितिले जनाएको छ ।

भेगास सिटी अपार्टमेण्टका लागि २७८ जना बुकिङकर्ताबाट करार सम्झौता गरी रु ७० करोड ८२ लाख ७६ हजार ७१५ र सो को व्याज रु ६६ करोड २७ लाख ९४ हजार ६० गरी कूल रु एक अर्ब ३७ करोड १० लाख ७० हजार ७७५ दायित्व सिर्जना भएको समितिको अध्ययनबाट देखिएको छ । पीडितलाई डुबेको रकम उठाउन समितिले प्रयास गरिरहेको भए पनि सरकारी निकायबीच नै समन्वय हुन नसक्दा थप समस्या देखिएको पाइएको छ । समितिले सबैको सहयोग एवम् समन्वयको अपेक्षा गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ५७ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको