विखण्डनकारी नारासहित सीके राउतलाई जनकपुरमा स्वागत, यसअघि नदेखिएका निजी दस्ताको विशेष सुरक्षा घेरा (भिडियो सहित) « Khabarhub

विखण्डनकारी नारासहित सीके राउतलाई जनकपुरमा स्वागत, यसअघि नदेखिएका निजी दस्ताको विशेष सुरक्षा घेरा (भिडियो सहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – सरकारसँग भएको सहमतिको दुई दिन नबित्दै जनकपुर पुगेका सीके राउतलाई विखण्डनकारी नाराजुलुससहित स्वागत गरिएको छ ।

जनकपुर विमानस्थल पुग्दा उनको सुरक्षाका लागि यसअघि कहिल्यै नदेखिएका ‘बुलेट प्रुफ’ भेस्ट लगाएको जस्तो देखिने उनका ८ जना निजी अंगरक्षकले सुरक्षा प्रदान गरेका थिए ।

सरकारले सीके साउतसँग गरेको सहमति द्विअर्थी भएको भन्दै सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका सांसदहरुले आइतबार नै संसदमा गृहमन्त्री रामबहादुर थापासंग जवाफ मागेका थिए ।

उता जनकपुर पुगेका सीके राउतलाई  भने उनका समर्थकहरुले स्वतन्त्र मधेशको झण्डा र नारासहित स्वागत गरे पनि प्रशासन मौन देखियो ।

विखण्डनकारी राजनीति त्यागेर मुलधारको राजनीति थालेको घोषणा गरेका राउतका समर्थकहरुले ‘नेपाली उपनिवेश मुर्दावाद’ भन्दै नाराजुलुस गर्दा नजिकै रहेका सुरक्षाकर्मी र सीके राउत स्वयं मौन देखिएका थिए ।

यो पनि पढौं

सिके राउतसँगको सम्झौतापछि तराईमा दिपावली

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ५८ बजे

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र