पोखरा रंगशालाको शिलान्यास, साग अगाडि नै निर्माण सकिने « Khabarhub

पोखरा रंगशालाको शिलान्यास, साग अगाडि नै निर्माण सकिने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि निर्माण सम्पन्न गर्ने गरी पोखरा रंगशालाको निर्माण कार्य शुरु भएको छ । आइतबार पोखरा पुगेका यूवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट लगायतले विमानस्थलको शिलान्यास गरेका छन् ।

रंगशाला निर्माणका लागि राखेपले भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मेवारी दिइसकेको छ । राखेपले रंगशाला निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

नयाँ बन्ने पोखरा रंगशाला १५ हजार ५ सय दर्शक क्षमताको हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने रंगशालाको चारैतिर छानासहित प्यारापिट रहनेछ । यस्तै मैदानको छेउमा सिन्थेटिक ट्रयाक रहनेछ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ०४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका