म्यान्मारमा विद्रोहीको आक्रमण, ९ प्रहरी मारिए « Khabarhub

म्यान्मारमा विद्रोहीको आक्रमण, ९ प्रहरी मारिए


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्मारको रखायन राज्यमा विद्रोही लडाकुको आक्रमणमा ९ प्रहरीको ज्यान गएको छ । रखायन राज्यको यो ता योके गाउँमा आराकान आर्मी नामक समूहका लडाकुले प्रहरीलाई लक्षित गरी आक्रमण गरेका हुन् ।

स्थानीय समयअनुसार शनिबार अबेर भएको घटनाबारे अधिकारीले विस्तृत विवरण भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय बौद्ध धर्मावलम्बीको रखानय जातीय समुदायको नेतृत्वमा गठन भएको आराकान आर्मी लडाकु समूहले आत्मनिर्णयको माग गर्दै हिंसात्मक आक्रमण गर्दै आएको छ ।

यो समूहले पछिल्लो डिसेम्बरयता प्रहरी तथा अन्य सुरक्षा बलविरुद्धको आक्रमणलाई तीब्रता दिँदै आएको बताइन्छ । सोही क्रममा गत जनवरीमा भएको यस्तै आक्रमणमा म्यान्मारका १३ प्रहरीको मृत्यु भएको थियो ।

रखायन राज्यमा सुरक्षा बलले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या जातीय समुदायविरुद्ध गरेको ज्यादतीका कारण उसैपनि तनावग्रस्त रहेको रखायन राज्यमा बौद्ध धर्मावलम्बी आराकान जातीय समुदायको हिंसा बढ्दै गएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ८ : २५ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च