मलेशियाले संदिग्ध ७ जनालाई देशनिकाला गर्ने « Khabarhub

मलेशियाले संदिग्ध ७ जनालाई देशनिकाला गर्ने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेशियाले इस्लामिक लडाकु समूहसँग आबद्ध रहेको बताइने इजिप्टका ६ तथा ट्युनिशियाका १ नागरिकलाई देशनिकाला गर्ने भएको छ ।

देशनिकाला गर्न लागिएका ६ इजिप्सियनमध्ये ५ जना इजिप्टमा प्रतिबन्धित मुस्लिम ब्रदरहुडका सदस्य रहेको तथा एक जना ट्युनिशियाली तथा अर्का इजिप्सियन संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकहरुले आतंकवादी समूहको सूचीमा राखेको अन्सर अल शरिया अल ट्युनिशिया भन्ने समूहका सदस्य रहेको मलेशियाका प्रहरी प्रमुख मोहम्मद फुजी हारुनले जनाएका छन् ।

अन्सर अल शरिया अल ट्युनिशिया समूहमा आबद्ध ती दुई जना सन् २०१६ मा अवैधानिक रुपमम मलेशिया प्रवेश गरेको तथा ५ जना इजिप्सियन नागरिकले उनीहरुलाई शरण दिएको बताइएको छ ।

मलेशियामा उनीहरुको उपस्थितीले ठूलो आतंकवादी आक्रमण हुनसक्ने जोखिम रहेकाले उनीहरुलाई देशनिकाला गर्न लागिएको प्रहरीले जनाएको छ । देशनिकाला गर्दा उनीहरुलाई आफ्नो मुलुकमा यातना दिइने तथा मृत्युदण्ड हुनसक्ने भन्दै विभिन्न मानवअधिकार संगठनहरुले मलेशिया सरकारसमक्ष उनीहरुलाई देशनिकाला आह्वान गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ८ : ४५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को