नेकपाको एकता प्रकरण : म्याग्दीका सबै तहमा एकता कमिटी « Khabarhub

नेकपाको एकता प्रकरण : म्याग्दीका सबै तहमा एकता कमिटी


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ । चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताए ।

‘पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका छौँ र वडाको जिल्ला संयन्त्रले अनुमोदन गरेको छ’, पौडेलले भने, ‘सबै ठाउँमा सर्वसम्मत कमिटी गठन भएको छ ।’ बेनी नगर कमिटीको अध्यक्षमा पूर्वमाओवादी केन्द्रका शेरबहादुर केसी र सचिवमा पूर्वएमालेका राजकुमार थापा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका खुमनाथ सुवेदी र सचिवमा पूर्वएमालेका देउप्रसाद छन्त्याल चयन भएका छन् ।

मालिका गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका बेगप्रसाद गर्बुजा र सचिवमा पूर्वमाओवादीका गोविन सिउथानी, मङ्गला गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका प्रेमप्रसाद रेग्मी र सचिवमा पूर्वमाओवादीका यामबहादुर रोकालाई चयन गरिएको छ ।

रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका दीपक कार्की र सचिवमा पूर्वमाओवादीका हरि भण्डारी, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका खड्ग गिरी र सचिवमा पूर्वमाओवादीका पूर्ण पाइजा चयन भएको जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको करीब एक वर्षपछि स्थानीय र वडास्तरमा संयुक्त कमिटी गठन भएको हो । स्थानीय तह र वडा कमिटीमा पूर्वएमालेबाट ५९ र पूर्वमाओवादी केन्द्रबाट ४१ प्रतिशत प्रतिनिधित्व रहने गरी कमिटी गठन गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : ४३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल