श्रीमतीले आफ्नो साथीले धेरै सम्झेको बताएपछि के गरे श्रीमानले ? « Khabarhub

श्रीमतीले आफ्नो साथीले धेरै सम्झेको बताएपछि के गरे श्रीमानले ?


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीचको सम्बन्ध त्यति हार्दीक थिए । उनीहरुले एकले अर्कालाई शंका गरिरहन्थे ।
एक दिन श्रीमतीले अफिसमा रहेका श्रीमानलाई म्यासेज गरिन । उनले म्यासेजमा लेखेकी थिइन् ‘अफिसबाट घर फर्किँदा बजारबाट तरकारी लिँदै आउनु है । अनि अर्को कुरा मेरो एउटी साथीले तिमीलाई सोधेकी छे!’
मख्ख परेको श्रीमानले म्यासेजको रिप्लाइ लेखे ‘ए हो । तिम्रो कुन साथीले हेल्लो भनेको?’
श्रीमान श्रीमतीबीच म्यासेजको दोहोरी नै चल्छ
श्रीमती : मख नपरे हुन्छ । मैले मेरो म्यासेज हेरेउ कि छैन भनेर हो । कोही साथीले सम्झेको छैन ।
श्रीमान : तर म त अहिले तिम्रै साथी सँगै छु त, अर्को कुन चैं साथीको कुरा गरिरा ?’
अब कथामा मोड आउँछ…
श्रीमती : तिमी कहाँ ?
श्रीमान : तरकारी बजारमा ।
श्रीमती : पख असती ।म त्यहाँ आएपछि मैले जान्या छु ।
१० मिनेटपछि तरकारी बजारमा पुगेर
श्रीमती : कहाँ छौं तिमी?
श्रीमान : म आफिसमा ! अब तिमीलाई जुन जुन तरकारी
मनपर्छ त्यै त्यै किनेर लानु !

फेरि कथामा अर्को मोड आउँछ…
श्रीमती : तर म त रिसको झोंकमा घरबाट हिड्दा पैसाको पर्स् नै बोक्न बिर्सेंछु ! याँ ट्याक्सीलाई भाडा दिनसमेत पैसा छैन । तु आउ ह्याँ !
श्रीमान : बेवकूफ आइमाइ पर्स त लिएर हिन्नु पर्छ नि ! कस्तो झ्याउ लगायौ के तिम्ले मलाई ! ल ल पर्ख ! म आइहालेँ !
तरकारी बजार पुगेर
श्रीमान : कहाँ छौं ?
श्रीमती : ल अब खुरुक्क तरकारीहरु लिएर घर आउने !
लुरुक्क परेर तरकारी लिएक श्रीमान घर पुगे । अनि स‍ानदार रुपमा घरमा बसेकी श्रीमतीले भनिन् अब पनि मसँग पंगा लिने ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ९ : २९ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग