हत्याको दोषी पत्ता नलाग्दा पीडितलाई थप पीडा « Khabarhub

हत्याको दोषी पत्ता नलाग्दा पीडितलाई थप पीडा


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वीरेन्द्रनगर–१ निवासी व्यवसायी चन्द्रप्रसाद आचार्यको शङ्कास्पद मृत्यु भएको ४० दिन बित्यो । प्रहरीले आचार्यको हत्याको भएको स्वीकार गरे पनि घटनामा संलग्नको भने अझै पहिचान गर्न सकेको छैन ।

यही फागुन १८ गते वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै आचार्यको शव रक्ताम्य अवस्थामा फेलापरेको थियो । परिवारका सदस्यले हत्यामा संलग्नको पहिचान गरी कानूनी कारवाही गर्ने प्रहरीले आश्वासन दिए पनि अनुसन्धानमा चासो नदिएको आरोप लगाएका छन् । छोरी सङ्गीताले प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको दुखेसो पोखे । ‘बुबाको स्वभाविक मृत्यु भएको भए हामीलाई यति तनाव हुन्थेन’, उनले भने, ‘हत्या हुँदासमेत प्रहरीले घटनालाई हल्कारूपमा लियो, हामी परिवारलाई पीडामाथि पीडा भोग्नुपर्‍यो।’

वीरेन्द्रनगर जुम्लारोडमा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका आचार्य फागुन १८ गते बैंकमा खाता खोल्नुछ भन्दै दिउँसो घरबाट निस्केका थियो । दिनभर नास्ता पसलमै रहेका उन सोही दिन राति साढे १० बजे बुद्धपथमा मृतावस्थामा फेला परेका थिए । आचार्यको शरीरमा गहिरो चोट भए पनि शव भेटिएको स्थानमा रगत नदेखिएकाले अन्यत्रै हत्या भएको हुनसक्ने परिवारको दाबी छ ।

सुक्ष्म अनुसन्धान भइरहेको छ : प्रहरी

उता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले चन्द्रप्रसाद आचार्य हत्या प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेको छ । जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानमा दत्तचित्त भएर खटिरहेको प्रहरीमाथि परिवारकै सदस्यबाट अनावश्यक आरोप लगाउनु दुखद् भएको बताए ।

उनले हत्याका ठोस आधारहरु नभेटिएपछि शून्यबाट घटनाको अनुसन्धान गर्नुपरेको बताए । प्रहरीले घटनास्थलमा भेटिएका प्रमाणलाई ल्याव परीक्षणका लागि काठमाडौँ पठाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ९ : ४५ बजे

पार्टी भित्रको किचलो अन्त्य गर्न ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास