टोटनह्यामको जीत पछि प्रशिक्षक पोचेटिन्होले भने सिटीसँगको खेल ‘अविश्वसनीय’ « Khabarhub

टोटनह्यामको जीत पछि प्रशिक्षक पोचेटिन्होले भने सिटीसँगको खेल ‘अविश्वसनीय’


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा गएराति भएको खेलमा टोटनह्याम हट्सपुरले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटनह्यामले सिटीमाथि संघर्षपूर्ण जित हात पार्यो । च्याम्पियन्स लिग दाबेदार दुई टोलीबीचको क्वाटरफाइनल फिडन्तमा सिटी १-० को साँघुरो अन्तरले पराजित भयो ।

सिटीविरुद्ध जीत हात पारेको टोटनह्यामले गोलका लागि ७८ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको ७८ औं मिनेटमा टोटनह्यामका लागि दक्षिण कोरियाली खेलाडी सन ह्युग मिनले गोल गरेका थिए । उनकै गोल सिटीविरुद्धको महत्वपूर्ण जीतका लागि निर्णयक बन्यो ।

जीत पछि बोल्दै मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले सिटीसँगको खेल अविश्वसनिय र चुनौतिपूर्ण भएको बताएका छन् ।

उनले भने, ‘यो साच्चिकै राम्रो खेल भयो । हामी सबै उत्साहित छौं । यो च्याम्पियन्स लिगको क्वाटरफाइनल हो, हामीले पेनाल्टी पनि बचाएका छौं हामीलाई विश्वास गर्नुस् र यहाँ धरै कुराहरु छन् । जुन हामीले मैदानमा सिटीविरुद्धको खेलमा देखायौं । टोटनह्यामका लागि जे पनि सम्भव छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १० : २३ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार