आठौं राष्ट्रिय खेलकुद : यी पाँच खेल जो उद्घाटन अघि नै आजबाट शुरु हुँदैछन् | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद : यी पाँच खेल जो उद्घाटन अघि नै आजबाट शुरु हुँदैछन्


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबार(आज)देखि शुरु हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदेखि नै शुरु हुँदैछन् ।

दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की हुनेछ भने ललितपुरको सातदोबाटोमा स्क्वास हुँदा बुटवलमा लनटेनिस हुनेछन् ।

महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्रबार माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ । उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने तालिका रहेको छ ।
बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गोल्फ उद्घाटन पूर्व सकिने छ ।
आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदको इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

स्क्वास :

स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष/महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता बैशाख २ गते सम्पन्न हुनेछ ।

हक्की :

हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले सहभागि छन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ भने फाइनल बैशाख ४ गते हुनेछ ।

यस्तै, महिला हक्की भने चैत ३० गतेदेखि नेपालगन्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रियमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल बैशाख ५ गते हुनेछ ।

लनटेनिस :

बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनका तर्फबाट खेलाडीको सहभागीता रहेको छ । पुरुष/महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षकभूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्ने छन् ।

कुस्ती :

कुस्तीमा पुरुष/महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आमी/प्रहरी) गरी ९ टिमले भाग लिने छन् ।

टेबलटेनिस :

टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी/प्रहरी/एपीएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष/महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ । बृहत राष्ट्रिय खेलकुदको पहिलो, दोश्रो र तेश्रो संस्करण बाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १० : ५१ बजे

कोशी प्रदेशमा सूचना प्रविधि तालिम सुरु

मोरङ– कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र

जुम्लाको तापक्रम माइनसमा झर्‍यो, जनजीवन प्रभावित

जुम्ला– जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले जनजीवन प्रभावित भएको

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही– सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

उदयपुर– उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको

साताका १३ तस्बिर

काठमाडौं – यो साता मौसम खुलेसँगै देखिएका पहाडका गाउँका सुन्दर