आफूलाई ज्यान मार्ने धम्की दिनेमाथि बृहत अनुसन्धान गर्न सांसद लिङ्देनको माग « Khabarhub

आफूलाई ज्यान मार्ने धम्की दिनेमाथि बृहत अनुसन्धान गर्न सांसद लिङ्देनको माग


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान लिने धम्की दिने व्यक्ति र प्रकरणबारे बृहद् अनुसन्धान गर्न माग गरेका छन् ।

झापाको बिर्तामोडमा बुधबार भएको पत्रकार भेटघाटमा लिङ्देनले घटनामा संलग्नमाथि विस्तृत रुपमा अनुसन्धान गर्न माग गरेक हुन् ।

एक सातादेखि अज्ञात व्यक्तिले आफूलाई मार्न भनेर रकम (सुपारी) लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर लिङदेनले यसबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनामा संलग्न भएको आरोपमा लिङ्देनकै निर्वाचन क्षेत्रमा रहेको कचनकवल गाउँपालिका–२ झापाका तिलकदास पराजुली र हुम्लाका प्रदिप रोकालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये लिङ्देनलाई धम्क्याउने तिलकदास भएको प्रहरीकोले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : १९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार