दादुराको प्रकोप देखिएपछि अमेरिकाको न्यूयोर्क शहरमा संकटकाल घोषणा « Khabarhub

दादुराको प्रकोप देखिएपछि अमेरिकाको न्यूयोर्क शहरमा संकटकाल घोषणा


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका–अमेरिकाको न्यूयोर्क शहरमा दादुराको प्रकोप देखिएपछि संकटकालको घोषणा गरिएको छ ।

न्यूयोर्क शहरको ब्रुकलिन भन्ने क्षेत्रमा बहुसङ्ख्यक पुरातनवादी अर्थोडक्स यहुदी धर्मावलम्बीका बालबालिकामा दादुराको प्रकोप देखिएपछि शहरमा संकटकाल घोषणा गरिएको हो ।

शहरका मेयर बिल डे ब्लासियोले पत्रकार सम्मेलन गर्दै शहरमा स्वास्थ्य संकटको घोषणा गरिएको जनाएका हुन् ।

अर्थोडक्स यहुदी धर्मावलम्बीले धार्मिक कारणले गर्दा आफ्ना सन्तानलाई खोप नलगाउने गरेको बताइन्छ । शहरको ब्रुकलिन क्षेत्रको विलियम्सबर्ग नामक स्थानमा गत अक्टोबरयता दादुराका २ सय ८५ बिमारी भेटिएको मेयर डे ब्लासियोको भनाइ छ ।

पछिल्ला केही महिनायता अमेरिकाका १९ राज्यमा सयौँको सङ्ख्यामा दादुराको प्रकोप देखिएको बताइन्छ । अमेरिकाले तीब्र गतिमा खोप कार्यक्रम सञ्चालन गरी सन् २००० मा दादुरा उन्मुलनको घोषणा गरेको थियो ।

तर, पछिल्ला केही वर्षयता खोपबारे गलत सूचना र धार्मिकलगायतका कारणले आफ्ना बालबालिकालाई खोप नलगाउने दर बढ्दै गएकाले दादुरा लगायतका रोगको प्रकोप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : १३ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र