प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउन प्रस्ताव « Khabarhub

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउन प्रस्ताव


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जीतपुर– कपिलवस्तुका राजमार्गअन्तर्गत पर्ने ३ ओटा स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।

राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा यस्तो प्रतिबद्धता जनाइएको हो । प्रदेश राजधानीका लागि रुपन्देही र दाङबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, वाणगङ्गाका मङ्गलप्रसाद थारु र बुद्धभूमिका केशवकुमार श्रेष्ठले प्रदेशका भौतिक संरचना बनाउन कपिलवस्तुमा पर्याप्त जग्गा भएको बताउँदै आफूहरु ‘प्रदेश राजधानी’लाई जग्गा दिन आतुर रहेको बताए ।

छलफल कार्यक्रममा शिवराजका प्रमुख अधिकारीले चन्द्रौटा वन कार्यलयको पश्चिममा कुनै रुखविरुवा नभएको राजमार्गको उत्तरपट्टिको २५० देखि ३०० बिघा जमीन रहेको र त्यहाँ प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय र विभागसहितका उद्यान आदि बनाउन पर्याप्त हुने बताए ।

वाणगङ्गा प्रमुख थारुले मधुवन धाममा रहेको १५० देखि २०० बिघा जग्गा अहिल्यै दिन सकिने स्पष्ट पार्दै वाणगङ्गा नदी उकासको जग्गा अधिग्रहण गर्ने हो भने तीन हजार बिघा बढी जग्गा सहजै उपलब्ध हुने बताए ।

बुद्धभूमिका प्रमुख श्रेष्ठले नेपाल सरकारले बुद्धभूमि नगरपालिकाका लागि बुडढीस्थित राजमार्ग चौराहाको हनुमान चोक आसपासमा उपलब्ध गराएको करीब एक हजार बिघा जमीन प्रदेश राजधानीले लिँदा आफूहरुलाई स्वीकार्य हुने बताए । त्यस्तै महाराजगञ्जका प्रमुख अब्दुल कलामले राजधानी राजमार्गमा रहँदा सबैलाई पायक पर्ने भएकाले तीन नगरपालिकाअन्तर्गत जहाँ उपयुक्त हुन्छ त्यहीँ राख्न प्रदेशसभालाई अनुरोध गरे ।

छलफलमा सहभागी कपिलवस्तु नगरपालिकाका कावा प्रमुख लक्ष्मी गुप्ता कसौधनले प्राचीन कपिलवस्तुको तिलौराकोट कपिलवस्तु जिल्लामा नै रहेकाले त्यहीँ नै राजधानी हुनुपर्ने तर्क गर्दै तौलिहवा आसपासमा पर्याप्त जमीनको अभााव रहेकाले राजमार्ग आसपासमा राख्नुपर्ने बताइन् ।

त्यस्तै वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्यालले कपिलवस्तुका सबै स्थानीय तहवाट जे जस्तो स्रोतसाधन आवश्यक हुन्छ त्यो उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । यसरी विभिन्न स्थानीय तहका प्रमुखबाट स्थायी राजधानीका लागि ठूलो परिमाणमा जग्गा उपलब्ध गराइने प्रतिबद्धतासँगै आगामी वैशाख ४ गते बृहत् छलफल आयोजना गर्ने निर्णय भएको राजधानी अभियानका सचिव गीता अञ्जानले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : ५६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स