गरिबी निवारणका लागि जीवनस्तर सर्वेक्षण गर्दै सरकार « Khabarhub

गरिबी निवारणका लागि जीवनस्तर सर्वेक्षण गर्दै सरकार


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले गरिबी निवारण गर्ने लक्ष्यका साथ ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम शुरु गरेको छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम शुरु गरिएको जानकारी दिए ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै महानिर्दशक अर्यालले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन विभागले जनताको जीवन स्तरको पनि सर्वेक्षण गर्ने काम अगाडि बढाइएको बताए ।

विभागले सामाजिक गतिविधि, महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्याङ्क संकलनको काम पनि सँगै शुरु गरेको हो ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाईल बनाउने कामलाई पनि अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मुलुकको समग्र तथ्याङ्कलाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाईल बनाउने काम भईरहेको बताए ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि शुरु गरेको छ । रोजगारीको अवसर सिर्जना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि शुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ३ : १८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक