मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउन १ सय १० वटा स्वास्थ्य संस्था सूचिकृत « Khabarhub

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउन १ सय १० वटा स्वास्थ्य संस्था सूचिकृत


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेशिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १ सय १० वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् ।

नयाँ मापदण्डअनुसार जम्मा १ सय २६ नयाँ स्वास्थ्य संस्था सूचिकरणमा आएको श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले जानकारी दिएको छ । जसमा मलेसियाका लागि मात्र १ सय १० वटा स्वास्थ्य संस्था दर्ता हुन आएको मन्त्रालयले जनाएको छ ।

नयाँ मापदण्डअनुसार रोजगारीका लागि मलेशिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचिकरण हुन श्रम मन्त्रालयले गत चैत पहिलो साता सूचना प्रकाशित गरेको थियो ।

२०७१ सालमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउनका लागि २ सय २६ सस्थाले मात्र मान्यता पाएका थिए ।
अब भने ३ सय ५२ वटा स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन पाउने मन्त्रालयको भनाइ छ ।

सरकारी अस्पतालले भने सूचिकरण नभएपनि स्वतः स्वास्थ्य परीक्षण गराउन पाउने श्रम मन्त्रालयले जनाएको छ । यससँगै वैदेशिक रोजगारीमा जाने कामदारले प्रदेश र जिल्लाका सरकारी अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् ।

पछिल्लो समय श्रम मन्त्रालयले खुलाएको आवेदनमा ठूला मेडिकल कलेज पनि सूचिकरण भएका छन् । सूचिकरणका लागि ठूला अस्पताल पनि आएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

आवेदन दिएका स्वास्थ्य संस्थाहरूबाट पनि मापदण्ड पूरा भएका स्वास्थ्य संस्थाहरूलाई छनोट गरी स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिने मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले बताए । पहिला जस्तो जस्तोसूकै स्वास्थ्य सस्थाले परिक्षण गर्ने नपाउने उनको भनाइ छ ।

मलेसिया रोजगारीका लागि पठाइने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने उल्लेख गरिएको छ । श्रम मन्त्रालयले मलेसिया जाने कामदारको सिण्डिकेट अन्त्यका लागि ठुलो प्रयास गरेका थिए । मन्त्री विष्टले नै मापदण्डअनुसार मात्र मलेसिया कामदार रोजगारीमा पठाउने अडान राख्दै आएको थिए ।

नयाँ मापदण्डमा अब रोजगारीमा जाने कामदारको उचाइ, लम्बाइ, तौल र शरीरको पूर्ण परीक्षण गराउनुपर्ने भएको छ । यो भन्दा अगाडी यसरी स्वास्थ्य परिक्षण हुँदैन थियो । यस्तै, ल्याव र एक्सेरममा उच्च रक्तचाप, एचआइभी एडस, मुटुरोग, मधुमेह हात्तीपाइले, मलेरिया, क्यान्सर जस्ता रोगको पनि अनिवार्य परीक्षण गर्नुपर्नेछ । यी रोग परीक्षण गने मेडिकलले सम्बन्धित विषयका योग्य डाक्टर राख्नुपर्ने मापदण्डमा तोकिएको छ ।

यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण ३९ वटा स्वास्थ्य संस्थाहरूले मात्रै गर्दै आएका थिए । आगामी दिनमा भने मापदण्ड पूरा भएका देशैभरिका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् । यससँगै वैदेशिक रोजगारीका लागि हुने स्वास्थ्य परीक्षणको सिण्डिकेट अन्त्य हुने भएको छ । श्रम मन्त्री गोर्कण विष्टले मलेसियासँगै अन्य देशमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा भइरहेको सिण्डिकेटको अन्त्य गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ४ : ३२ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत