आठौं राष्ट्रिय खेलकुद :  हक्कीमा प्रदेश–२ को विजयी शुरुवात « Khabarhub

आठौं राष्ट्रिय खेलकुद :  हक्कीमा प्रदेश–२ को विजयी शुरुवात


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबारबाट भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश २ ले विजयी शुरुवात गरेको छ ।

प्रदेश नं. ३ लाई ५—० गोल अन्तरले पराजित गर्दै प्रदेश २ ले विजयी शुरुवात गरेको हो ।  खेल अवधिभर प्रदेश नं. ३ लाई दबाबमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे ।

खेलको ३८ औँ मिनेटमा २ नं. प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका कप्तान हरविन्द्र सिंहले दुई गोल गरे ।

निरन्तर दवावमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन प्रदेश नं. ३ का खेलाडीले कुनै गोल गर्न नसके पनि खेलाडीको प्रदर्शन राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताएका छन् ।

उनले २ नं. प्रदेशका पूराना र अनुभवी खेलाडीसँग ३ नं. प्रदेशका नयाँ खेलाडीले प्रतिस्पर्धा गर्नलाई आफ्ना खेलाडीका लागि अनुभव भएको बताए ।

उनले प्रतियोगितामा सहभागी सवै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने ।

त्यसअघि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दबाबमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ ।

आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ५ : ३९ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल