एकतामा भएको ढिलाइप्रति नेता सापकोटाको असन्तुष्टि « Khabarhub

एकतामा भएको ढिलाइप्रति नेता सापकोटाको असन्तुष्टि


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले पार्टीको निर्देशन अनुसार सरकार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार एक कार्यक्रममा बोल्दै नेता सापकोटाले दलीय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे ।
उनले पार्टी एकतामा भएको ढिलाइप्रति पनि असन्तुष्टि पोखे । उनले दलको सर्वोपरि भूमिका र एकीकरणको आवश्यकतामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको ध्यान पुग्न नसकेको टिप्पणी गरे ।

उनले भने “दलीय व्यवस्थामा दललाई सर्वोपरी भूमिकामा राख्नुपर्नेमा एकीकरण नै नटुंगिएपछि धेरै ठूलो नोक्सान भएको छ । स्थानीय तह सञ्चालनमा , प्रदेश सरकार संचालनमा, केन्द्रीय तह नै संचालन गर्न धेरै गाह्रो परेको छ । किन भने पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने हो । यसमा अध्यक्षहरुकोे ध्यान पुगेको छैन ।”

प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमिति संयोजक समेत रहेका नेता सापकोटाले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १ सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउनैपर्ने भन्दै त्यससम्बन्धी आवश्यक निर्देशन गरिएको जानकारी दिए । उनले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई बल पुग्ने गरी निर्देशन गरिएको दाबी गरे ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ०६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ