राप्रपा संयुक्तलाई वैधानिकता, चुनाव चिह्न हलो « Khabarhub

राप्रपा संयुक्तलाई वैधानिकता, चुनाव चिह्न हलो


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वैधानिकता पाएको छ । निर्वाचन आयोगले पशुपति समशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानूनी रुपमा राजनीतिक दलको मान्यता दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ । राप्रपा संयुक्तले निर्वाचन चिन्ह ‘हलो’ पाएको छ ।

राप्रपा संयुक्तले हिन्दू राष्ट्र कायम गर्दै राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गराउने सवाललाई मुख्य नीतिको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । हालका राष्ट्रप्रमुखको भुमिका निस्पक्ष हुन नसेककाले सेरेमोनियल राजसंस्थाको पक्षमा आफुहरु रहेको राप्रपाका अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले बताए ।

अध्यक्ष जबराले नेपाललाई अधिनायकवादतर्फको यात्राबाट रोक्नका लागि नीति र सिद्धान्त मिल्ने सबैलाई एकता र सहकार्यका लागि आह्वान समेत गरे ।

वर्तमान सरकारका गतिविधि संविधानको भावना र मर्म विपरित रहेको, भ्रष्टाचार मौलाएको संवैधानिक अंगका स्वतन्त्रतामा हस्तक्षेप गरिएको तथा प्रधानमन्त्रीको तजवीजमा सेना परिचालन लगायतका कार्यहरु नियोजित रुपमा सक्रिय भएको आरोप राप्रपा संयुक्तले लगाएको छ ।

पार्टी एकतापछि बनेको राप्रपा संयुक्तका लोहनी र जबरा दुई अध्यक्ष रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्