सडक सुरक्षाः ३ दिने फोटो प्रदर्शनी शुरु « Khabarhub

सडक सुरक्षाः ३ दिने फोटो प्रदर्शनी शुरु


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकले सडक सुरक्षा सम्बन्धि ३ दिने फोटो प्रदर्शनी शुरु गरेको छ ।

शान्तिवाटिकामा एक कार्यक्रमको आयोजना गरी महानगरका प्रमुख विद्या सुन्दर शाक्यले शुक्रवार(आज) प्रदर्शनीको शुभारम्भ गरेका हुन् ।

विद्यालय उमेरका बालबालिका र युवालाई दुर्घटनाबाट जोगाउन सकिएमा सडक सुरक्षामा सुधार आउने उनले बताए बताए । ‘विगतमा सडक सुरक्षाका कार्यक्रम ट्राफिक प्रहरीले मात्र गर्ने गरेको र आफुहरु स्थानीय सरकार भएको नाताले आफैँ अघि बढ्नुपर्छ भन्ने उद्धेश्यले सो कार्यक्रम सञ्चालन गरेका हौँ’ उनले भने ।

ट्राफिक प्रहरी उपरीक्षक जयराज सापकोटाले महानगरको नेतृत्वमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा काम थालेपछि चाँडो परिणाम आउने आशा व्यक्त गरे छन् ।

सो प्रदर्शनीमा दुर्घटना, पालना र नागरिक सचेतना गरी ३ विधाका तस्वीरहरु रहेका छन् । प्रदर्शनीका लागि महानगरले सार्वजनिक सुचनामार्फत नागरिकसँग तस्वीर माग गरेको थियो ।

यस क्रममा २०२ वटा तस्वीर प्राप्त भएका थिए जसमध्ये निर्णयकमण्डलले छनोट गरेका उत्कृष्ट ५० वटा तस्वीर प्रदर्शनी राखिएका छन् ।
प्रथम, दोस्रो र तेश्रो हुने तस्वीरका लागि नगदसहित पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ११ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको