११ महिने छोरीको आगो लगाएर हत्या, भाग्न लागेका आमा–बुवा पक्राउ « Khabarhub

११ महिने छोरीको आगो लगाएर हत्या, भाग्न लागेका आमा–बुवा पक्राउ


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको व्यास गाउँपालिकामा एक बुवाले आफ्नी ११ महिनाको छोरीको आगो लगाएर हत्या गरेका छन् ।

व्यास गाउँपालिका वडा नं ५ चुकपानीका बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ ।

राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए। हत्या गर्नाको कारण खुलाइएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : ०७ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा