बुद्धजयन्ती मनाउन आयोजक समिति गठन « Khabarhub

बुद्धजयन्ती मनाउन आयोजक समिति गठन


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख गुठी, बौद्ध सामुदायिक सेवा केन्द्र, बौद्ध सितेरियो कराँते डोजो, बौद्ध फुटबल क्लब, छोरङान महिला समाजलगायत संस्थाको सहभागिता छ । जेठ १, २ र ३ गते बुद्ध बचन अनुवाद समितिले बौद्ध चैत्य परिसरमा प्रज्ञा पारमिता सूत्र पाठ गर्ने कार्यक्रम छ ।

शान्ति प्राप्तिका लागि प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम राखिएको अनुवाद समितिका सम्पादक सम्पूर्णकुमार लामाले जानकारी दिए । बिर्य पारमिता, ध्यान पारमिता, शान्ति पारमिता र दान पारमितामध्येमा प्रज्ञा पारमिताको महत्व बढिरहेको छ । यसको साधनाले बुद्धत्व प्राप्त गर्न सकिने विश्वास छ ।

जेठ १ गते बिहान बौद्ध परिक्रमापछि अवतारी लामा लोब्साङ नाम्गेल रिम्पोछेको उपस्थितिमा १६ ठेली एवं एक लाख श्लोक सङ्ख्या रहेको प्रज्ञा पारमिता पाठ शुरु हुनेछ । तीन दिनसम्म २५ जना लामाले प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम छ ।

जेठ ३ गते बौद्ध परिसर सरसफाइ, ४ गते बिहान बौद्ध–स्वयम्भू–नमोबुद्धमा शान्ति दौड, ४ गते बिहान बौद्ध स्तुपमा विशेष पूजापाठ, दिउँसो ३ बजेपछि बौद्ध–चावहिल क्षेत्रमा शान्ति र्‍याली गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : ५६ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु