बिकिनी अवतारमा प्रियंका कार्की « Khabarhub

बिकिनी अवतारमा प्रियंका कार्की


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको क्रेज केही वर्षयता ह्वात्तै घटेको छ । उनका फिल्म एकपछि अर्को गर्दै फ्लप हुन थालेपछि उनलाई फिल्ममा अतिथि भूमिकामा मात्र देख्न थालिएको छ ।

चलचित्रमा खासै सक्रिय नदेखिए पनि प्रियंका लाइमलाइटमा भने रहने गर्छिन् । कहिले अन्तर्वार्ताका कारण त कहिले आफ्ना हट तस्वीरका कारण चर्चामा आइरहने प्रियंका पछिल्लो समय तस्वीरमा निकै खुल्दै गएकी छिन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने प्रियंका टिकटकदेखि इन्स्टाग्रामलाई समय दिन भ्याएकी हुन्छिन् ।

कहिलेकाहीँ भने उनी फ्यानको नजरमा ‘ट्रोल’ पनि बन्ने गर्छिन् । तर प्रियंकालाई यस्ता कुरामा खासै मतलब लाग्दैन । प्रियंकाले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनका तस्वीरलाई शेयर गरिरहेकी हुन्छिन् ।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी अवतारका हट तस्वीरहरु अपलोड गरेकी छिन् । फ्यानले ती तस्वीरमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

पछिल्लो समय फिल्म र अभिनयबाट चर्चामा आउन नसके पनि तस्वीरकै कारण हिट भएकी प्रियंका केही महिनायता आफ्ना ब्याइफ्रेन्ड आयुष्मान देशराज जोशीसँग साथै रहन्छिन् । प्रियंकाका तस्वीर प्रायः आयुष्मानले नै खिचेका हुन्छन् ।

यी दुईको अभिनय रहेको फिल्म ‘प्रेम दिवस’ जेठमा रिलिज हुने चर्चा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : ०७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा