राष्ट्रिय एकताका लागि सबैले सबैको सम्मान गरौंः प्रचण्ड « Khabarhub

राष्ट्रिय एकताका लागि सबैले सबैको सम्मान गरौंः प्रचण्ड


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेको छ ।

अध्यक्ष दाहालले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क गरे । ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजदुत हुने हो’ अध्यक्ष प्रचण्डले भने ।

शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्ष दाहालले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरुमा खड्गी समाजले पुर्‍याएको योगदानको पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : १६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित