अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार बढायो « Khabarhub

अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार बढायो


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका–अमेरिकाले २ खर्ब अमेरिकी बराबरका चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक घोषणा गर्दै २ खर्ब अमेरिकी डलर बराबरका सामानमा यसअघि १० प्रतिशत लाग्दै आएको भन्सार शुल्क बढाएर २५ प्रतिशत पु¥याइएको जनाएका हुन् ।

त्यसबाहेक अमेरिकाले ३ खर्ब २५ अर्ब अमेरिकी डलर बराबरका सामानमा थप कर बृद्धि गर्ने विषयमा पनि कागजी प्रक्रिया अघि बढाएको जनाएको छ । पछिल्लो समय अमेरिका र चीनबीच व्यापारिक विषयमा वार्ता भइरहेका बेला अमेरिकाले चीनमाथि दबाब दिनका लागि भन्सार शुल्क बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता चीनले भने अमेरिकी घोषणालाई दुर्भाग्य रहेको जनाउँदै अमेरिकी घोषणाको आवश्यक जवाफ दिन चीन तयार रहेको जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकी घोषणाको कस्तो जवाफ दिने भन्नेबारे भने केही खुलाएको छैन ।

पछिल्लो समय विश्वको सबैभन्दा ठूलो तथा दोश्रो ठूलो अर्थतन्त्रबीच जारी व्यापारिक मतभेद चुलिरहेका बेला अमेरिकाले चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : १६ बजे

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई