अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार बढायो « Khabarhub

अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार बढायो


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका–अमेरिकाले २ खर्ब अमेरिकी बराबरका चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक घोषणा गर्दै २ खर्ब अमेरिकी डलर बराबरका सामानमा यसअघि १० प्रतिशत लाग्दै आएको भन्सार शुल्क बढाएर २५ प्रतिशत पु¥याइएको जनाएका हुन् ।

त्यसबाहेक अमेरिकाले ३ खर्ब २५ अर्ब अमेरिकी डलर बराबरका सामानमा थप कर बृद्धि गर्ने विषयमा पनि कागजी प्रक्रिया अघि बढाएको जनाएको छ । पछिल्लो समय अमेरिका र चीनबीच व्यापारिक विषयमा वार्ता भइरहेका बेला अमेरिकाले चीनमाथि दबाब दिनका लागि भन्सार शुल्क बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता चीनले भने अमेरिकी घोषणालाई दुर्भाग्य रहेको जनाउँदै अमेरिकी घोषणाको आवश्यक जवाफ दिन चीन तयार रहेको जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकी घोषणाको कस्तो जवाफ दिने भन्नेबारे भने केही खुलाएको छैन ।

पछिल्लो समय विश्वको सबैभन्दा ठूलो तथा दोश्रो ठूलो अर्थतन्त्रबीच जारी व्यापारिक मतभेद चुलिरहेका बेला अमेरिकाले चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : १६ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक