गुठी संस्थानविरुद्ध सडकमा स्थानीय « Khabarhub

गुठी संस्थानविरुद्ध सडकमा स्थानीय


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको असन क्षेत्रका  ऐतिहासिक तथा साँस्कृतिक महत्वका सम्पदा मास्न खोजेको भन्दै गुठी संस्थानविरुद्ध स्थानीय सम्पदा संरक्षण अभियान्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको असनस्थित घडी घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका हुन् ।  ‘सम्पदा बेच्ने गुठी संस्थान, साक्षी बस्ने महानगर, पुरातत्व विभाग बेखबर’, हाम्रो सम्पदा हाम्रो पहिचान, हाम्रो सम्पदा, हाम्रो अस्तित्व भन्ने नारासहित बिहीवार दिउँसो असानस्थित ‘घडीघर’ को प्राङगणमा एक कार्यक्रम गरी स्थानीयहरुले विरोधमा जनाए।

विरोध कार्यक्रममा सांसद रामवीर मानन्धर, जिवनराम श्रेष्ठ, नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान, पूर्वमन्त्री तिर्थराम डंगोल, नेवाः जागरुक युवा मञ्चका अध्यक्ष लगायत सहभागी भएका थिए । राजगुठीको जग्गा रैकरमा परिणत नहुने उनीहरुले बताए ।

भूमाफियासँग साँठगाँठ गर्दै गुठी संस्थानले व्यापारिक कम्प्लेस बनाउन लागेको भन्दै उनीहरुले विरोध जनाएका थिए । हाम्रो सम्पदा, जात्रा, पर्व, सँस्कृति बचाऊँ भनेर हाम्रा पुर्खाले सुम्पेको सम्पत्ति भूमाफियाको हातमा पर्न नदिने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

‘गुठी संस्थानले भूमाफियासँग अंकमाल गर्न लाग्यो’ कार्यक्रममा बोल्दै नेकपा कम्युनिष्ट पार्टीका प्रदेश सदस्य स्थानीय उमेश स्थापितले भने । घडीघर भित्र १६ औँ शताब्दीको अशोक वृक्ष विहार ऐतिहासिक महत्वको रहेको हुँदा त्यसलाई जगेर्ना गर्नुपर्ने उनले बताए । सो घडी घरमा ऐतिहासिक ‘अभिताम वुद्ध’को प्रतिमा समेत रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : ५५ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान