ट्रम्पद्वारा इरानलाई वार्ताका लागि आह्वान « Khabarhub

ट्रम्पद्वारा इरानलाई वार्ताका लागि आह्वान


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारले चाहेमा आफू वार्ता गर्न तयार रहेको जनाएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले इरान सरकारका अधिकारीले आफूलाई सम्पर्क गरुन् भन्ने चाहेको जनाएका हुन् ।

राष्ट्रपति ट्रम्पको भनाई लगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि विज्ञप्ति जारी गर्दै अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको जनाएका थिए । विदेशमन्त्री पोम्पेओले इरानका अमेरिकाविरोधी गतिविधीको निन्दा गर्दै ‘तेहनामा रहेका अधिकारी, जो समृद्ध भविष्यको मार्ग चाहन्छन्’ लाई वार्ताको आह्वान गरेका थिए ।

अमेरिकाले मध्यपूर्वमा इरानले अमेरिकी सेना तथा अमेरिकाका साझेदार मुलुकहरुको हितलाई खतरामा पार्न प्रयास गरिरहेको भन्दै मध्यपूर्वमा लडाकु विमानवाहक नौसैनिक पानीजहाज तथा बम वर्षक विमान तैनाथ गर्ने घोषणा गरेको केही दिन पछि आएको हो ।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले मध्यपूर्वमा अमेरिकी लडाकु विमानवाहक नौसैनिक पानीजहाज परिचालन गर्ने घोषणा गरेपछि इरानले सन् २०१५ मा भएको आणविक सम्झौताका केही बुँदाबाट पछि हट्ने चेतावनी दिएको थियो ।

यता इरानको शक्तिशाली सैन्य दस्ता रिभल्यूशनरी गार्ड कप्र्स आइआरजीसीले भने वार्ता गर्ने अमेरिकी आह्वान ठाडै अस्वीकार गरेको छ । आइआरजीसीका जनरल यादोल्ला जवानीले अमेरिकासँग कुनै किसिमको वार्ता हुन नसक्ने टिप्पणी गरेको इरानको तस्निम समाचार संस्थाले जनाएको छ । यसअघि अमेरिकाले आइआरजीसीलाई आतंककारी समूहको सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ३३ बजे

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई