ओलीको गृहजिल्लामा दर्जनौँ, दाहालको गृहजिल्लामा चार अर्बको योजना | Khabarhub Khabarhub

ओलीको गृहजिल्लामा दर्जनौँ, दाहालको गृहजिल्लामा चार अर्बको योजना


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् । करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन् । दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने यसैगरी योजना पारिएको छ । ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौँ ठुला योजना पारिएको छ ।

दाहाल चितवनबाट विजयी भएपछि उनी जिल्ला आउने क्रम मात्र बढेको छैन । विकास योजना पनि ओइरिएका छन् । जिल्लामा उनको पहलमा पारिएका ३६ वठा महत्वपूर्ण योजनाको काम भइराखेको दाहालकी स्वकीय सचिव (चितवन क्षेत्र नम्बर ३) निशा न्यौपाने बताउँछिन् । नागरिकमा लेखेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ६ : ५१ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु