‘मिनरल वाटर’का बोतलबाट विद्यालय भवन ! | Khabarhub Khabarhub

‘मिनरल वाटर’का बोतलबाट विद्यालय भवन !


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही, दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको मावि कालोखोलाको भवन ‘मिनरल वाटर’का बोतल प्रयोग गरी निर्माण गर्न थालिएको छ । विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको भवनलाई टिच फर नेपालका स्वयंसेवकले जथाभावी फालिएका मिनरल वाटरका बोतल प्रयोग गरी निर्माण सुरु गरेका हुन् ।

दाङमा पहिलो पटक यस्तो खालको भवन निर्माण हुन थालेको हो । विसं २०६७ देखि अलपत्र परेको भवन निर्माणकार्यलाई टिच फर नेपालका स्वयंसेवक, उक्त विद्यालयका विद्यार्थी, शिक्षकले खेर गइरहेका प्लाष्टिकको बोतलबाट भवनको दुई कोठा निर्माण गर्न शुरु गरेका हुन् ।

टिच फरका विसं २०७६ को नयाँ शैक्षिकसत्रदेखि देशभरका विभिन्न स्थानमा स्वयंसेवक शिक्षकका रुपमा जान लागेको भन्दै उहाँहरुलाई समाजसँग घुलमिल गराउनका लागि उक्त अभियानअन्तर्गत शनिबार भवन निर्माणको थालनी गरिएको कार्यकारी प्रमुख शिशिर खनालले बताए।

उहाँका अनुसार पहिलो दिन लामो समयदेखि अर्थाभावमा निर्माण गर्न नसकिएको उक्त विद्यालयलाई आफैं सक्रिय भएर पनि निर्माण गर्न सकिन्छ भन्ने चेतना दिन श्रमदान गरिएको हो । उहाँले बजारमा जथाभावी फालिएका बोतलबाट भवन निर्माण गर्न सकिने र कम खर्चिलो हुने भन्दै विद्यालयमा मिनरलको बोतमा बालुवा, सिमेन्ट, माटो मिसार भर्ने अनि सुकाएर इँटाको रुपमा प्रयोग गरेर भवन निर्माण गर्न सकिने बताए ।

आफ्ना स्वयंसेवकलाई आवासीय तालीम, समुदायसँग घुलमिल गर्ने अभ्यास दिन विद्यार्थीकै घरमा बस्ने, त्यहाँको वातावरण अवगत गराउने गरेको उहाँको भनाइ छ । देशभरिका करीब १०० स्वयंसेवकले दिनभर भवन निर्माणको काम गरेका हुन् ।

त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले रु दुई लाख, टिच फर नेपालले रु एक लाख र सोना सिमेन्टले ३० बोरा सिमेन्ट उपलब्ध गराउने आश्वासन दिएका छन् । अहिले ७०० भन्दा बढी विद्यार्थी रहेकाले कक्षाकोठा अभाव रहेको उनको भनाइ छ ।

उता दाङकै तुलसीपुर–११ मा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान भवन निर्माण शुरु भएको छ । दाङ क्षेत्र नं ३ को पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको रु ५० लाख बजेटमा उक्त भवन निर्माण हुनलागेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकबहादर केसीले बताए।
उनका अनुसार १२ कोठाको दुईतले भवण निर्माण हुनेछ । यस वर्षदेखि पशु विज्ञानको मान्यता पाएको उक्त विद्यालयको भवन निर्माणकार्य पूरा भएसँगै कक्षा सञ्चालनमा आउने प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले बताए ।

विद्यालय भवनको शिलान्यास प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गरेका छन्। त्यस अवसरमा सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रका तीन विद्यालयलाई प्राविधिक शिक्षालयका लागि सहयोग गरेको बताएका थिए।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ३५ बजे

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

अर्घाखाँची – अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई

चीनमा रोबोटको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

ग्वाङझाउ – चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको