पश्चिम बंगालको इ-कमर्समा एक खर्ब लगानी थप्दै अम्बानी « Khabarhub

पश्चिम बंगालको इ-कमर्समा एक खर्ब लगानी थप्दै अम्बानी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ, भारत- भारतका सर्वाधिक धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा रहेका व्यापारी मुकेश अम्बानीले भारतीय इ-कमर्श क्षेत्रमा करिब डेढ अर्ब अमेरिकी डलर लगानी गर्ने भएका छन्। उनले नेपालसँग सीमाना जोडिएको भारतको उत्तर पूर्वी राज्य पश्चिम बंगालमा एक सय अर्ब भारतीय रुपैयाँ लगानी गर्ने भएका हुन्। यो योजना गत बिहिबार सार्वजनिक भएको हो।

भारतीय व्यापारिक घरानाका अम्बानीले रिलायन्स सिमन्टमार्फत् इ-कमर्स भेन्चरमा लगानी गर्ने योजना तय गरेको हो। उर्जा तथा दूरसञ्चार व्यवसायिक घरानाले यसअघि नै भारतीय बजारमा रिटेल स्टोर सञ्चालनमा ल्याइसकेको छ। यसका साथै यो सिमेन्ट कम्पनीले इ-कमर्स व्यापार विविधीकरण गर्न अमेजन र वालमार्ट फ्लिपकार्ट कम्पनीसँग सहकार्य गर्ने योजना सार्वजनिक गरेको छ।

अम्बानीको इ-कमर्स भेन्चरले साना व्यवसायी, रिटेल नेटवर्क र वेयरहाउस सञ्चालकलाई जोड्ने र यिनको व्यवस्थापनमा जोड दिने बताइएको छ। करिब ५ सय बढी रिटेल स्टोर सञ्चालन गरेको सो भेन्चरले लत्ताकपडादेखि किराना सामग्रीसम्म बिक्री गर्दै आएको छ।

नयाँ इ-कमर्स प्लेटफर्मको व्यवसायमा लगानी थप गर्ने विषयलाई पुष्टि गर्दै अम्बानीले भने, ‘यसले उपभोक्ता, रिटेलर र उत्पादकलगायत सम्बन्धित सबै पक्षलाई जोड्ने र विन-विनको अवस्था सिर्जना गर्नेछ। यसले करिब ३ करोड साना पसलेलाई जोड्ने छ।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ३६ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा