मध्यरातमा सलमानको घरमा किन पुगे रेमो? « Khabarhub

मध्यरातमा सलमानको घरमा किन पुगे रेमो?


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा सलमान खानसँग कुनै पनि फिल्ममेकरले सम्बन्ध बिगार्न चाहँदैनन् । यता सलमान पनि सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छन् । पछिल्लो दिन फिल्म ‘रेस ३’ का दौरान सलमान खान र निर्देशक रेमो डिसुजाको सम्बन्ध चिसिएको थियो । फिल्मका केही दृश्यलाई लिएर यी दुईबीच मतभेद पनि थियो । यो फिल्म बक्स अफिसमा पनि राम्रोसँग चलेन ।

अहिले भने रेमो डिसुजा र सलमान खान नजिकिएको चर्चा छ । सलमानको अपकमिङ फिल्म ‘भारत’ र रेमो डिसुजाको फिल्म ‘स्ट्रीट डान्सर’ को सेट मुम्बईस्थित फिल्मसिटीमै छ । भारतीय मिडियाले रेमो डिसुजा आफ्नो फिल्मको शूटिङबाट समय निकालेर ‘भारत’ फिल्मको छायांकनमा पुगेका थिए । तर, सलमान खान भने एक दृश्यको शूटिङमा निकै व्यस्त थिए । जसकारण उनी रेमोसँग भेट गर्न पाएनन् ।

तर, सलमान खानले भने रेमोलाई राति घर आउने निम्ता दिए ।

त्यसपछि रेमो सलमानको घर पुगे, त्यो पनि राति साढे ३ बजे । रेमोले फिल्म ‘रेस ३’ मा बिग्रेको सम्बन्धलाई सुधार्न चाहेको भारतीय मिडियाले लेखेका छन् । यसैकारण रेमोले पुराना कुरा भुलाएर नयाँ सम्बन्ध बनाउन खोजिरहेका छन् ।

यतिबेला सलमान खानले आफ्नो पूरै समय फिल्म ‘भारत’ का लागि छुट्याएका छन् । केही समय पहिले यो फिल्मको टिजर सार्वजनिक भएको थियो । उक्त टिजरबाट फ्यानले सकारात्मक प्रतिक्रिया दिएका थिए । यो फिल्ममा सलमानसँगै क्याटरिना कैफ पनि देखिनेछिन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ०० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस