अनमोल र सुहाना: ‘ए मेरो हजुर ३’ को टिजर आउट (भिडियो) « Khabarhub

अनमोल र सुहाना: ‘ए मेरो हजुर ३’ को टिजर आउट (भिडियो)


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवास्टार अनमोल केसी र सुहाना थापाको मुख्य जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो ।

चैत्र २९ गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा अनमोल केसीले झरना थापाकी छोरी सुहाना थापासँग रोमान्स गरेका छन् ।

एक मिनेट १३ सेकेन्ड लामो टिजरमा अनमोल र सुहानाको प्रेमलाई देखाइएको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल लगायतको अभिनय छ ।

झरना थापा र सुमन पौडेलको कथा रहेको यो फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलको स्किृप्ट र संवाद छन् भने हिमाल केसीको द्वन्द्व छ ।

फिल्मको निर्देशन झरना थापाले गरेकी हुन् भने निर्माता सुनीलकुमार थापा हुन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : १९ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण