अनमोल र सुहाना: ‘ए मेरो हजुर ३’ को टिजर आउट (भिडियो) | Khabarhub Khabarhub

अनमोल र सुहाना: ‘ए मेरो हजुर ३’ को टिजर आउट (भिडियो)


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवास्टार अनमोल केसी र सुहाना थापाको मुख्य जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो ।

चैत्र २९ गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा अनमोल केसीले झरना थापाकी छोरी सुहाना थापासँग रोमान्स गरेका छन् ।

एक मिनेट १३ सेकेन्ड लामो टिजरमा अनमोल र सुहानाको प्रेमलाई देखाइएको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल लगायतको अभिनय छ ।

झरना थापा र सुमन पौडेलको कथा रहेको यो फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलको स्किृप्ट र संवाद छन् भने हिमाल केसीको द्वन्द्व छ ।

फिल्मको निर्देशन झरना थापाले गरेकी हुन् भने निर्माता सुनीलकुमार थापा हुन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : १९ बजे

अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव -२०२५’ सम्पन्न

काठमाडौं – अष्ट्रेलियाको  राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव-२०२५’ सफलताका साथ

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले

सरकारले टीआरसीसम्बन्धी आयोग बनाउन सिफारिस समिति गठन गर्ने

काठमाडौं– सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप

फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाउन खोजिएको चीनको भनाइ

एजेन्सी – फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’ को

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव

दाङ– उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश