अनमोल र सुहाना: ‘ए मेरो हजुर ३’ को टिजर आउट (भिडियो) « Khabarhub

अनमोल र सुहाना: ‘ए मेरो हजुर ३’ को टिजर आउट (भिडियो)


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवास्टार अनमोल केसी र सुहाना थापाको मुख्य जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो ।

चैत्र २९ गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा अनमोल केसीले झरना थापाकी छोरी सुहाना थापासँग रोमान्स गरेका छन् ।

एक मिनेट १३ सेकेन्ड लामो टिजरमा अनमोल र सुहानाको प्रेमलाई देखाइएको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल लगायतको अभिनय छ ।

झरना थापा र सुमन पौडेलको कथा रहेको यो फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलको स्किृप्ट र संवाद छन् भने हिमाल केसीको द्वन्द्व छ ।

फिल्मको निर्देशन झरना थापाले गरेकी हुन् भने निर्माता सुनीलकुमार थापा हुन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी